CanadaKhabar.com

Wednesday, February 25, 2026 -

प्रहरी पोशाकमा किन देखिईन् अन्जली अधिकारी !

गलबन्धी फेम अन्जली अधिकारीको फरक तिज गीतको छायांकन संपन्न भएको छ। गलबन्दी गीतको फेमवाट म्युजिक भिडियोको क्षेत्रमा सुपरस्टार बन्न सफल अन्जली अधिकारीको फरक तिज गीतको छायांकन संपन्न भएको हो।

उक्त तिज गीतमा महिला प्रहरी दिदीबहिनीहरुको भावनालाई समेटिएर म्युजिक भिडियो निर्माण गरिएको निर्देशक गौरब गिरीको भनाई रहेको छ। भिडियोमा अन्जली अधिकारी प्रहरीको ड्रेस र सारीमा देखिएकी छन्। गीतको रचना तथा संगीत कलसी रोकायाको रहेको छ भने गायन गायिका मेलिना राईको रहेको छ। मिक्सिङ बाजुरालीको रहेको छ।

अन्जली अधिकारीको अलावा नविता, नविका र कैलाशको बेजोड अभिनय रहेको छ। नृत्य अनिश खत्री, मेकअप चाँदनी गिरी, छायांकन दीपक गिरी र निर्देशन गौरव गिरीको रहेको छ। यो गीतको म्युजिक भिडियो क्यानाडाबाट संचालित ड्रिम्स गेट इन्टरटेनमेन्टको युट्यब च्यानलबाट आगामी हप्ता रिलिज हुने भएको छ।

अघिल्लो बर्ष ड्रिम्स गेट इन्टरटेन्टमेन्टले हट गायिका इन्दिरा जोशीको गायन रहेको तिजको हिट गीत रिलिज गरेको थियो। जुन सवैको नजरमा उत्कृष्ठ ठहर भएको थियो। प्रस्तुत छ–ड्रिम्स गेटले अघिल्लो बर्ष रिलिज गरेको इन्दिरा जोशीले गाएको हिट तिज गीतको भिडियो।