CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • जुलाई २१ मा ‘5k वाक’

    क्यानाडाखबर संबाददाता – टोरोन्टो, क्यानाडा । ‘नेपाली समुदाय को एउटै आधार, नेपाली घर का लागि कम्तिमा एक हजार’ नारा सहित एआरएनए क्यानडा तथा लालिग़ुराँस स्पोर्ट्स क्लबले संयुक्त रूप ‘5K Walkathon`( 5 किलोमिटर वाक ) गर्दै छ । यहीं आउंदो आईतवार जुलाई 21 का दिन विहान 8:30 बजे ब्राम्टन स्थित इटोविको क्रीक ट्रेल पार्कमा हुने कार्यक्रममा टोरोन्टो आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागीताका लागि एनआरएन क्यानडा र लाली गुराँस क्लबले आमन्त्रण गरेका छन् ।

    विगतका वर्षहरू देखि हूँदै आएको यो कार्यक्रमलाई पूर्णता दिँदै, नेपालीहरू विच एकता बढाउने प्रयास स्वरूप यस वर्ष पनि कार्यक्रमको पूर्ण तयारी सकिएकोको कुरा कार्यक्रम संयोजक तथा लाली गुराँस क्लबका निबर्तमान अध्यक्ष उत्तम केसीले बताए ।

    फाईल तस्विर

    सबै उमेर समुहका मनिसहरु यो वाक मा सहभागी हुन सक्नेछन् , यो हामी सबैको साझा कार्यक्रम हो। एस कार्यक्रम बाट जम्मा भएको रक़म ‘नेपाली घर’ को लागी जम्मा गरिने कुरा एनआरएन क्यानडाका अध्यक्ष गोपी कृष्ण काफ्लेले जानकारी दिएका छन् ।

    फाईल तस्विर

    त्यस्तै गरि ‘5K Walk’ बिहान 8.30 बजे बाट सुरु हुने कार्यक्रम करिव 2 घण्टामा टुङ्गिनेछ र प्रथम देखि तृतीय सम्मका प्रतिस्पर्धीलाई पुरस्कारका साथै सम्पूर्ण सहभागी लागी Light Refreshment व्यवस्था समेत गरिएको कुरा अर्का कार्यक्रम संयोजक माधव गजुरेलले बताए ।

    Date: July 21, 2019, Sunday
    Time: 8:30 am onwards ( Approximately 2 hours)
    Venue: Etonicoke Creek Trail, Main intersection: Main Street and Steels Avenue, Brampton
    Parking: Shoppers World Brampton plaza -T-Shirt *को $ १० सहयोग स्वरुप *