CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • क्यानडाबासी नेपालीको लागि बहुप्रतिक्षित ‘हिमालयन मेला’को तयारि अन्तिम चरणमा, मेयर र उपमेयरबाट शुभकामना


    क्यानाडाखबर डेस्क ।
    टोरोन्टो, क्यानडाको ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समुदायका लागि बहु प्रतिक्षित मानिएको हिमालयन मेलाको तयारि अन्तिम चरणमा पुगेको छ । यहि अगष्ट महिनाको ३१ म आयोजना हुने मेला यसपटक विशेष गरि नेपाल भ्रमण वर्ष २०२० का लागि केन्द्रित हुने आयोजक नेप्लिज क्यानडियन कम्युनिटि सर्भिसेज एनसिसिएसले जनाएको छ ।

    बाहिरिय पर्यटकहरुको घुइंचो लाग्ने टोरोन्टोको अति व्यस्त ठाउ नाथन फिलिप स्क्वायरमा हुने यस मेला सफल बनाउन एनआरएनए क्यानडासंगै ग्रेटर टोरोन्टोभित्र रहेका विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग र समर्थन गरिरहेको संस्थाका अध्यक्ष विदुर केसीले जानकारि दिए ।

    उनका अनुसार यस महोत्सवमा नेपाली संघसंस्थाहरुका प्रतिनिधिसंगै टोरोन्टोका मेयर, उपमेयर लगायत यस क्षेत्रका क्यानडियन सांसदहरुको उपस्थिति रहने छ । हरेक वर्ष अगष्ट महिनामा आयोजना हुदै आएको हिमालयन मेलाले नेपाली कला संस्कृतिलाई विदेशीहरुमाझ चिनाउन मुख्य भूमिका खेल्दै आएको छ । यसपटक आयोजना हुने १३ औं महोत्सवले नेपालमा आगामी वर्ष मनाइने भनिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न क्यानडियन पर्यटकहरुलाई यसबारे जानकारि गराइने अध्यक्ष केसीको भनाइ छ ।


    यसैविच टोरोन्टोका मेयर जोहन टेरिले यस मेलाको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । आयोजक एनसीसीएस मार्फत पठाइएको शुभकामना सन्देशमा टोरीले यस मेलाले नेपाली कला र संस्कृति क्यानेडियन समाजसम्म पुर्याउन प्रमुख भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    यस्तै नगरका उपप्रमुख, सांसदहरु लगायतले पनि नेपाली मेलाको सफलताको कामना गरेका छन् । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत सहभागिता रहने यस मेला सफल बनाउन क्यानडाबासी नेपाली समुदालाई आयोजकले आग्रह गरेको छ । आयोजकका अनुसार मेला सम्पन्न गराउन विभिन्न किसिमबाट सहयोग पुर्याउने मध्ये एकजनालाई गोलाप्रथाबाट विजेता बनाएर टर्किस एयरलायन्सको दुइतर्फी टिकट पनि दिइने छ ।