CanadaKhabar.com

Tuesday, December 16, 2025 -

क्यानडाखबर डटकमको सम्पादकमा पूर्व टिभि जर्नलिष्ट तिमल्सिना


क्यानडाखबर डेस्क – टोरोन्टो ।

क्यानडाको टोरोन्टोबाट संचालन भइरहेको नेपाली तथा अंग्रेजी समाचारमुलक अनलाइन न्यूज पोर्टल क्यानडाखबर डट कमको सम्पादकमा नेपालका पूर्व पत्रकार एवं टिभि जर्नलिष्ट बद्रि तिमल्सिना नियुक्त भएका छन् ।

नेपालमा झण्डै डेढ दशकको समयसम्म विभिन्न रेडियो, टेलिभिजन र अनलाइनमा काम गरिसकेका तिमल्सिना यसअघि पनि क्यानडामा रहेर नेपाली समुदायको विकासका लागि कलम चलाउदै आएका थिए । अंग्रेजी साहित्य र पत्रकारिताको विद्यार्थी तिमल्सिनाले विराटनगरस्थित कोशि एफएमबाट पत्रकारिता करियर सुरु गरेका थिए ।

काठमाण्डौस्थित नेपाल एफ एम र गोर्खा एफ एममा समाचार बाचक र समाचार सम्पादन गरेका तिमल्सिना पछिल्लो समयमा न्यूज २४ टेलिभिजनमा समाचार शाखामा कार्यरत थिए । पत्रकार तिमल्सिनालाई क्यानडाखबर परिवारको तर्फबाट हार्दिक बधाइ, क्यानडामा रहेका नेपाली समुदायसंग सहकारकार्य गर्दै निष्पक्ष र समसामयिक विषयमा यहांको कलम चलुन शुभकामना !

क्यानडाखबर डट कम टिम यस्तो छ :

Editor in chief
Gokarna Lamichhane

Editor
Badri Timalsina ( Toronto)

Prakash chhetri ( Calgary )

Executive Editor

Anil Shahi

Guest editor
Suraj Bhandari (USA)

Director
Ishwor Dhakal

managing Director
Roshan Ghimire

Nepal coordinator
Nabin Panthi

Management
Prakash Kafle

Correspondent
Ishor Dhakal ( Japan )
Subash Simkhada (Korea)
Manjil Rana Magar (Australia)
Roshila Acharya ( Europe)
Bikash Thapa (Dubai)