२० लाख पर्यटक भित्र्याउन तयार छौं : राजदूत ढुंगाना
क्यानडा खबर डेस्क ।
अटोवा – नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न निम्तो दिदै यसको व्यापक प्रचार प्रसारका लागि क्यानडामा पनि औपचारिक शुरुवात गरेको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानडियन नागरिक, मन्त्री, साम्सद, अन्य देशका राजदुतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्यय समितीका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

क्यानडाकालागी नेपाली राजदुत भृगु ढुङाना, गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी र क्यानडियन सासम्द चन्द्र आर्याले दिप प्रज्जलन गर्दै नेपाल भ्रमण बर्ष सफलताको कामना गर्नु भएको थियो ।

कार्यक्रमा अथितिहरुलाई स्वागत गर्दै राजदुत भृगु ढुङानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आबस्यक पुर्बाधार सम्पन्न गरि २० लाख पर्यटक भित्राउन तयार रहेको बताउदै क्यानडियनहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । साथै उहांले क्यानडामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुसंग सहकार्य गरि भ्रमण वर्षको प्रचार प्रसार तीव्र पारिने पनि स्पष्ट पार्नु भयो ।

यसै गरि गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा सम्योजक चिरञ्जीवी घिमिरेले नेपाल सरकारले मनाउदै गरेको भ्रमण बर्ष सफल बनाउन नेपाल सरकार, राजदुताबास, नेपाली समुदायका संघ सस्थाहरु र एन आर एन ए क्यानडाले हातमा हात मिलाउदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गरिने बताउनुभयो । साथै उहांले एन आर एन ए क्यानडाले यसअघि नै विभिन्न कार्हक्रमहरु विच भ्रमण वर्षको प्रचार प्रसार शुरु गरिसकेको स्पष्ट पार्नु भयो ।

क्यानडियन मन्त्री पल थोप्पिले भ्रमण बर्ष सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनानु भयो
साम्सद चन्द्र आर्याले नेपाल भ्रमण बर्षको स्वागत गर्दै नेपालको बारेमा आफू नजिकैबाट जानकार रहेकोले नेपाल घुम्नका लागि अत्यन्तै महत्वपूर्ण देश भएको बताउनुभयो ।

यस्तै राजदुताबासका कर्मचारी प्रकाश अधिकारिले नेपालको पर्यटन स्थान तथा सुबिधाहरुको बारेमा स्लाईड शो मार्फत बताउनु भएको थियो।

कार्यक्रममा क्यानडाकै लोकप्रिय म्युजिकल ब्याण्ड हिमालयन भाईब्सको सांगतिक प्रस्तुतीले कार्यक्रमको वातावरण रोमाञ्चक बन्न पुगेको थियो भने विदेशी पाहुना पनि निकै चाख दिएर हेरिरहेका देखिन्थे ।

टोरोन्टो, ब्राम्पटन, मिसिसागा लगायतका शहरबाट पनि लामो दुरि पार गरेर नेपाली प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुन राजधानी अटोवा पुगेका थिए ।

कार्यक्रममा अटोवाबाट सन्तोश बराल, रमेश बानिया, भानुभक्त आचार्य , डा. राजेन्द्र पराजुली तथा धेरै सामाजिक अगुवाहरुको उल्लेख्य सहयोग र सहभागिता रहेको कुरा बैदेशिक मामलाहेर्ने अधिकृत प्रकाश अधिकारिले बताउनु भएको थियो।
क्यानाडाखबरका सम्पादक बद्री तिमल्सिनाको स्थलगत रिपोर्ट
तस्विरहरु : नेपाली राजादुताबास अटोवा ।