एनआरएनएलाई बिशेष योगदान पुर्याएको भन्दै त्यसैको सम्मानार्थ क्यानडाबाट ६ जनालाई आईसिसिमा स्थान
बद्री तिमल्सिना / गोकर्ण लामिछाने – टोरोन्टो ।
गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनएले क्यानडाबाट मात्रै ६ मानार्थ सदस्यको संख्या थपेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको हालै बसेको बैठकले क्यानडाबाट चन्द्र राई , प्रमिला बस्नेत, अभिमन्यू बस्नेत, रविन्द्र घिमिरे, र ढुण्डिराज पाण्डेलाई आइसिसी मानार्थ सदस्यमा नियुक्त गरेपछि क्यानडाबाट मात्रै आइसिसी सदस्यको संख्या अव ८ पुगेको छ । एनआरएनएलाई बिशेष योगदान पुर्याएको भन्दै त्यसैको सम्मानार्थ ६ जनालाई आईसिसिमा स्थान दिईएको बताईएको छ ।
को को आए नयाँ सदस्यमा ?

चन्द्र राई

सन् २००८ देखी एनआरएनए क्यानडामा आवद्ध भएर विभिन्न समयमा सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका चन्द्र राई पछिल्ला वर्षमा एनआरएनए क्यानडाको प्रमुख निर्वाचन आयुक्तको रुपमा रहेर काम गरिसकेका छन् । कन्सन नेपालका संस्थपक समेत रहेका राई एनआरएनए क्यानाडाको सुरुवाती देखि नै सकृय ब्यक्ती हुन् ।
प्रमिला बस्नेत

एनआरएनए क्यानडाको महिला संयोजक देखि अन्तराष्ट्रिय समन्वय परिषद आइसिसी सदस्य जिम्मेवारि निर्वाह गरिसकेकी प्रमिला बस्नेत अहिले पुन आइसिसी मानार्थ सदस्यमा नियुक्त भएकी छिन् । क्यानाडामा रहेका नेपाली समुदायको हितका लागि उनीको योगदान महत्वपूर्ण रहेको छ ।
अभिमन्यु बस्नेत

गैर आवासिय नेपाली संघमा यती बेला परिचित नाम हो अभिमन्यु बस्नेत । यो भन्दा दुई कार्यकाल अघी एनआरएनए क्यानाडाको उपाध्यक्षका रुपमा काम गरेका उनी अघिल्लो वर्ष पनि आईसिसी मेम्बर थिए । सन् २०१५ को बिनाशकारी भुकम्प गएपछी प्राभावित क्षेत्रमा गैरआवासिय नेपाली संघको तर्फबाट सहयोग गर्न पुग्नेहरु मध्य उनको नाम अग्रपन्ती मै आउंछ ।
रविन्द्र घिमिरे

जस्तो सुकै परिस्थितीलाई पनि सामान्य मानेर आफ्नो कार्यलाई जसरी पनि अघि बढाउनु पर्छ भन्ने मान्यता राख्ने रविन्द्र घिमिरे निवर्तमान एनआरएनए क्यानडाका प्रवक्ता समेत हुन् । नेपाली समुदायका निम्ति उनि पनि एक प्रखर र लगनशिन व्यक्तिको रुपमा लिइदै आइएको छ । हाल उनिलाई पनि आइसीसी मानार्थ सदस्य चयन गरिएको छ ।
ढुण्डिराज पाण्डे
सामुदायिक विकासकालागि क्यानडाबासी नेपाली समुदायका निम्तिी चिर परिचित नाम हो ढुण्डिराज पाण्डे । उनले लामो समयदेखि विभिन्न तवरवाट सर सहयोग गर्दै आएका छन् । उनि एक सामाजिक अभियन्ता पनि हुन् । एनआरएनए ग्लोवलको हालै वसेको बैठकले उनलाई पनि आइसीसी मानार्थ सदस्यको रुपमा चयन गरेको छ ।



ग्लोवल अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको हालैको बैठकले क्यानडाबाट मात्रै ६ आइसीसी मानार्थ सदस्य नियुक्त गरेको छ । स्मरण रहोस् यसअघि नै क्यानडाबाट आइसीसी सदस्यको रुपमा पूर्व एनआरएनए क्यानडा अध्यक्ष गोपीकृष्ण काफ्ले र तुलसी सापकोटोलाई नियुक्त गरिसकेको छ । संख्याको हिसावले क्यानडाबाट मात्रै ८ जना आइसीसी सदस्य बनिसकेका छन् ।
क्यानाडाबाट आईसिसीमा प्रतिनिधित्व गर्नेको संङ्ख्या हरेक वर्ष बड्दो छ । संङ्ख्याको बिकास संगै क्यानाडामा रहेका गैर आवासिय नेपालीको हितमा यो समुहले काम गर्न सक्छ वा सक्दैन त्यो भने हेर्न बांकी छ ।