क्यानाडाखबर संवाददाता ।
आउदो शुक्रबार अर्थात फेब्रवारी १४ ( भ्यालेनटाइन डे ) का दिन मिसिसागामा कार्यक्रम आयोजना हुने भएको छ । क्यानाडामा घुम्नका लागि यातायातको प्रबन्ध मिलाउने ‘पासा टुर्स’ को आयोजनामा भ्यालेन्टाइन डे नाईट मनाउन लागिएको हो ।
टुर्स ले हरेक वर्ष फेब्रवरी १४ मा यस्तै कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको कार्यक्रममा क्यानडामा रहेका नेपाली स्थानिय कलाकार आशीर्वाद सुबेदी , सिने गुरुङ , दिपेन केसी र आभा राउत ले आफ्नो प्रस्तुती दिने तयारी रहेको आयोजक कृष्ण पासा ध्वजूले जानकारी दिए ।
