CanadaKhabar.com

Monday, May 20, 2024 -
  • क्यालगरीमा सेन्टी भाइरस

    मार्च २, क्यानाडाखवर क्यालगरी व्युरो ।

    नेपालभर एकै साथ प्रदर्शन भइरहेको हास्य चलचित्र सेन्टी भाइरस क्यानाडाको क्यालगरीमा पनि शनिवार प्रदर्शन गरिने भएको छ ।

    गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ सो चलचित्र क्यालगरी डाउनटाउन स्थित ग्लोव सिनेमा हलमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।

    चलचित्र प्रदर्शनबाट संकलित सम्पुर्ण रकम “क्यालगरीका नेपालीहरु” नाम बाट धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माणधिन गौतमवुद्ध रंगशाला निर्माणका लागि पठाइने आयोजक माधव दुलालले क्यानाडाखवरलाई बताएका छन ।

    उनले दर्शकहरुको सुविधालाई ध्यानमा १० बढी स्वमसेवकहरुले २० डलरको टिकट बजारमा उपलव्ध गराई रहेको बताए ।

    पवित्र कार्यका लागि चलचित्र प्रदर्शन गर्न लागिएकोले सम्पुर्ण नेपाली समुदायलाई मार्च ७ शनिवार साझ साढे ५ बजे उपश्थित भई सहयोग गरिदिन उनले अनुरोध अनुरोध गरेका छन ।