CanadaKhabar.com

Monday, May 20, 2024 -
  • सृष्टि खड्काद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक


    क्यानाडाखबर डेस्क । टोरोन्टो क्यानाडा
    गायिका मेलिना राईको आवाजमा ‘पुर्व देखी पश्चिम सम्म’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हिराकाजी थापाको शब्द रहेको गीतलाई रोशन गुरुङले संगीत भरेका हुन् ।

    अभिनेत्री तथा मोडल  सृष्टि खड्का, करण बराल,सुवास गजुरेल, रेशम फिरिरि, ज्ञानेन्द्र खड्का र आरजे सापकोटाको अभिनय रहेको भिडियोलाई राजेन्द्र पाण्डेले छायांङ्कन गरेका छन् । म्युजिक भिडियोको कोरियोग्राफी टेक छिरिङ्ग लामाले गरेका हुन् भने भिडियो सम्पादन लोकेन्द्र सुब्बाले गरेका छन् ।

    क्यानाडाबाट संच्चालित युटुब च्यानल ‘ड्रिम्सगेट इन्टरटेनमेन्ट’बाट सार्वजनिक म्युजिक भिडियोको निर्देशन इश्वर थापाले गरेका हुन्।

    पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्