CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • सम्पन्न मुलुक क्यानडामा कोरोनाको जटिलता

    हरि भुसाल, क्यानाडा – २२ मार्च ।  

    हुन त म आफै क्यानडा आएको धेरै भएको छैन । यहाँको जीवन मैले नजिकबाट हेरेको ५-६ महिना भयो । संसारका सम्पन्न र खुसी जीवनयापनको सुचीमा एक नम्वर देश, यस देशको जीवनमा यति  चाँडै बदलाव आउन सक्छ भनेर कल्पना समेत गरिएको थिएन ।
    आजकल घरबाट बाहिर निस्कदा लाग्छ पहिला र अहिलेको क्यानडा बेग्लाबेग्लै हो । अघिल्ला हप्ता हरुमा बजार जाँदा लाग्थ्यो यी स्टोरहरु जस्तौ वालमार्ट , फ्रेस्को, कस्को जस्ता सयौ स्टोरहरु कहिले रित्तिएलान ? हेर्दाहेर्दै अहिले बजार जाँदा लाग्छ यी स्टोरहरु अव कहिले भरिएलान ?
    सवैभन्दा कहर त यहा ट्वाइलेटपेपरको छ । त्यस्तै ह्यान्ड सेनिटाइजर टिस्युपेपर स्टोरमा भेट्न छाडेको हप्तौं भयो । क्यानडाको सप्लाई चेन यति चाँडो टुट्ला भन्ने कल्पना समेत गरिएको थिएन । सडकहरु विस्तारै सुनसान हुंदै गएका छन् ।

    मानिसले मानिसलाई देख्दा मन भित्र भय पैदा भएर आउन थालेको छ । कोरोनाको आतंकको जगजगी यति बढेको छ कि हरेका परिवार देखि सर्वत्र कोरोनाको असर बाहेकका कुरा हुन छाडिसकेका छन् । २ महिना अगाडी क्यानडामा पहिलो पटक संक्रमित पुष्टी भएपनि पछिल्लो २ हप्ताबाट कोरोनाले डडेलोको रुप लिएको छ । यसको संक्रमण अहिले क्यानडाका सवै राज्यमा फैलिएको छ । मानिसहरु प्राय जेलमा जस्तो भएका छन् । यो लेख तयार पार्दा सम्म क्यानडाको संक्रमित संख्या  १ हजार ३ सय ३१ छ भने मृत्युहुनेको संख्या १९ पुगेको छ । यस देशमा प्रधानमन्त्रि पत्नि देखि सर्वसाधारणहरु कोरोनाबाट संक्रमित भइसकेका छन । शहरहरु प्राय लकडाउन जस्तै भइसके, अन्तराष्टिय उडानहरु र आवागमन बन्द गरिएका छन् ।


    आजका मिति सम्म कोहि पनि नेपाली मुलका नागरिकलाई कोरोना संक्रमित भएको जानकारी छैन । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न क्यानडा सरकारको सक्रियता बढेको छ । जनतालाई कसरी राहत दिने भन्नेमा सरकार केन्द्रित छ । सरकारले इआई लगायत अन्य योजना अधि सारेपनि कहिल र कसरी त्यो प्राप्त गर्न सकिन्छ भन्ने जनता अलमलमा छन् । त्यस्तै संक्रमण बढ्दै जादा औषधि उपचार र स्वास्थ्य सेवा सवै जनतामा कसरी पुग्न सक्ला ? त्यो भने भविष्यले नै बताउने छ ।

    धेरै मानिसहरुलाई कोरोना भाइरसले बृद्ध उमेरका मानिसलाई मात्र असर गर्दछ भन्ने मान्यता थियो तर क्यानडामा युवा अवस्थाका मानिसलाई पनि संक्रमण भएको छ भने बालबालिका समेत संक्रमित छन् । संसारका धेरै मानिसले अमेरीका क्यानडा जस्ता मुलकले सहजै नियन्त्रण गर्न सक्ला वा औषधि बनाउन सक्ला भन्ने अपेक्षा गरेका थिए तर अवस्थ अपेक्षा गरेअनुरुप अघि बढेको छैन । २,३ दिन पहिले देखि नै स्वास्थ्यकर्मीले आवस्यक स्वास्थ्य सामाग्रीको अभाव हुन लागेको बताइरहेका छन् । अस्पतालहरु व्यस्त बन्दै गइरहेका छन् । राज्यले जनताहरु संक्रमित नहुन भनेर विभिन्न स्थानमा एसेसमेन्ट सेन्टर तोकेको छ ।

    बस तथा सार्बजनिक गाडीहरु पनि फ्रि गरि सिटमा एकजनामात्र यात्रु राख्ने गरेको छ । साबुनपानीले हात धुने राष्टिय अभियान जस्तो बनाएको छ । विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुले भिटामिन सि युक्त खानेकुराहरु खान सल्लाह दिइरहेका छन् । यस्ता देशहरुमा पनि आंसिक रुपमा माक्स र पंजाको आपुर्ति सहज छैन । अधिकांस अस्प्तालका सघन उपचार कक्षहरु भरिएका छन् । अव आउने विरामीहरुलाई कसरी सेवा दिने भन्नेबारे राष्ट चिन्तित छ । अस्पतालमा विरामी कुरुवालाई विरामी भेट्न दिइएको छैन । हाल क्यानडामा रहेका सवै नेपाली समाजका कार्यक्रम स्थगित गरिएका छन् ।

    कोरोना भाइरसबाट जोगिने सवैभन्दा ठुलो उपाय भनेको सावधानी मात्र हो तर चाहेर पनि सावधानी अपनाउन भने त्यति सजिलो छैन । कोरोनाको आतंक कहिले सकिने हो यो कसैलाई थाहा छैन, न त अनुमान नै गर्न सकिने अवस्था छ, न त यसको औषधि नै छ ।
    प्राय सवै स्कुल कलेज कामगर्नै उद्योग धन्दा बन्द स्थितिमा छन् । कहिले खुल्छन भन्न सकिने अवस्था छैन । राज्यले कलेजलाई भने अनलाई कक्षाहरु संचालन गर्न भनेको छ । र कतिपय शैक्षिक संस्थाले अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् । काममा जान नपाएका कामदारदेखि स्कुल जान नपाएका विद्यार्थीहरु घरमा छन् । कुनै काम नभएपछि दिनभर टिभि फिल्म हेरेर दिन बित्ने गरेको छ । यस्तै अवस्था रह्यो भने इन्टरनेटमै रोकावट आउने हो की भन्ने आशंका छ ।


    बिश्वका १ सय ६८ देशमा पुगीसकेको कोरोनाले सर्बत्र असर पुऱ्याएपनि आर्थिक रुपमा ठुला र बिकसित मुलुकलाई बढी असर पुऱ्याउने भएको छ, त्रसित मानिसका आंखा अगाडी मृत्यु नाचिरहेको छ भन्ने आभास भइरहेकोछ । संसारका मानिसहरु उत्कृष्ठ स्वास्थ्य उपचारका लागी क्यानडा, अमेरीका रोज्छन तर यी मुलुकहरु पनि आज आफ्नै उपचारमा पिरोल्लिइरहेका छन । त्यसैले बरिष्ठ गितकार कृष्णहरी बरालले गित मार्फत भनेका छन् ।


    मर्ने कसैलाई रहर हुदैन, तर नमरेको् प्रहर हँदैन ।
    भागरे जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हँदैन ।


    त्यसैले अब सावधानी अपनाउने र श्री पशुपतिनाथसंग प्रार्थना गर्ने भन्दा अरु कुनै उपाय छैन । नेपालले सावधानी स्वरुप राम्रा काम गरिरहेको समाचार सुन्न पाएका छौ । त्यसैले सवैजना मिलेर संसारबाट कोभिड १९ इराडिकेसन गर्ने अभियानमा सहभागी होऔं । होसियार रहौं ।


    (लामो समय नेपालको  स्वास्थ्य क्षेत्रमा कार्यरत भुसाल हाल क्यानडामा छन्