“अल्लाह…….” यो शब्द सँग सँगै म कार्यालय जान को लागि उठेर नित्यकर्म गरेर कार्यालय निस्कन्थे | यो माथिको शब्द मुस्लिम समुदायको नमाज (प्रार्थना) गर्नै मस्जिदबाट निस्कने एक प्रकारको ध्वनी हो, प्रायः मुस्लिम समुदाय भएको क्षेत्रमा यो ध्वनी बज्दछ। आजभोलि यो ध्वनीमा पहिलाको जस्तो ति मिठासले भरीएका शब्द हराएको भान मैले गरीरहेको छु। आज विश्वनै लकडाउनको अवस्थामा छ, आफ्नो राज्यको नागरिकको सुरक्षामा राज्य संयमित भएर अघि बढेको देखिन्छ।
आज विश्वका हरेक राज्यहरू एकजुट भएर आजको यस विषम परिस्थितिको समाधानका लागी बाटो खोजिरहेको देख्न सकिन्छ। आज के गरिब राज्य के धनि राज्य, के गरिब मानिस के धनि मानिस सबैजना एउटै आवाजमा बोलिरहेका छन्, यो चरम परिस्थितिबाट कृपया पार लगाईदेऊ, यस महामारीको चपेटाबाट मुक्ति देऊ। हाम्रो सुरक्षा गरिदेऊ।
आज हरएक देशका नागरिक त्रसित छन्। चाहे त्यो हिन्दु होस, चाहे त्यो मुसलमान, चाहे त्यो क्रीसियन वा जैन होस वा त बौद्ध। हरकोहीको मुटुले आफूले पुज्ने भगवान लाई प्रार्थना गर्दै चाँडो भन्दा चाँडो औषधि उपचारको कामना गरेका छन्। आज त्यस अस्पताल भित्र गरिब, धनि, हिन्दू, बौद्ध, मुस्लिम सबै मानिसहरू अटाउन सफल भएका छन्। आज कसैले पनि पैसाको घमन्ड गरेका छैनन्, छन त बस आफूले भरोसा गरेको भगवान, अल्लाह, बुद्ध, जिसस यस्तै यस्तै थुप्रै आकांक्षा मारेर, बस मानवमात्रको कामना गरेको छन्।
म युद्ध बिराम भएको राज्यबाट आजको एक साधारण नागरिक हो। आजभन्दा केही सालअघि मेरो राज्यमा यस्तै भयावह स्थिति थियो। यो जिल्लामा अघोषित पार्टीका कार्यकर्ताले सरकारी कर्मचारी माथि हमला गरे, यति नागरिक घाइते भए, यति नागरिक मरे। कठै त्यो क्षण, मेरा मन आत्तिन्थ्यो, म भगवानसँग प्रार्थना गदॅथे। किन एउटा दाईले अर्को भाईलाई गोली हानीरहेछ, किन त्यो चेलीको सिउँदो पुछिदै छ, किन त्यो लालाबालाका बिचल्ली बनाएको होला। अनि ति बुढा बा-आमा जसको लाशमा त्यो प्यारो छोराले दागबत्ती देओस भन्ने चाहना थियो, कठैबरा अब कसरी आटँ गलाॅ त्यो बराको हलनचल गनेँ शरीर हेनॅ। म सानो थिएँ तर पनि मलाई कता – कता दुख्थ्यो, जब रेडियो अनि टिभी खोल्थे मनोरञ्जन भन्दा मार्मिक कुराहरू बढी बज्ने गदॅथे।
चोकचोकमा गल्ली गल्लीमा रेडियो ठूलो बजाएर हातमा चिया लिदै अनि कान एकीकृत गरी बिना हल्लाखल्ला समाचार सुन्नेको समुह हुन्थ्यो। बिचार बिभेदको कारण मानिस त्यसरी मरेको सुनेको थिएँ। अन्त्यमा विचारको मिलन भयो, सहमति जुटयो। त्यो अँध्यारो दिनबाट उज्यालो दिन आयो। सबैजना स्वतन्त्र भए, सबैजना खुसी भए सबैभन्दा मिठो कुरा त ति बुढा बा-आमा बुढेसकालको लोरी पाए, धर्मपत्नीले जवानीको साथी पाईन, सबैजना खुशी मंगलमय नै मंगलमय भए। हरेक युद्ध, हरेक विचारमा सबैजना सहमतिले नै बसेको हुन्छ भन्ने छैन भनेर यो मिलनले प्रस्तुत गरीदिएको मैले देखे।
कुरा आज भुतबाट वर्तमानको भएको छ। कतिपय वर्तमानका साक्षीहरू भविष्यका ति चिचिला मुनाहरूको साथमा बन्द कोठाभित्र बन्धक बन्न बाध्य भएका छन्। ति चिचिला मुनाहरूले आफ्नो घर अगाडि सधै खेल्ने पिङ हेरेर भन्दछ, मलाई पिङ खेल्नुछ, तर वर्तमानका साक्षीहरू नतमस्तक छन्। न जाऊ खेल्न कोही पनि छैन भन्न सक्ने अवस्थामा छैनन्, हैन जान हुन्न भन्ने अवस्थामा छैनन्। ति मुनाहरूको दशौ प्रश्नको जवाफ दिँदैछन् आजका साक्षीहरू।
हुने खानेले त जोर जम्मा गरि लागेका कुरा हाँसि-हाँसि खाएका छन् यस लकडाउनमा। तर ति हुदा खानेहरूको बारेमा न त राज्य बोल्छ, न त सम्बन्धित सरोकारवाला। मेरो राज्यमा हुदा खानेहरूको लागि भनेर विभिन्न प्याकेज विगतका दिनहरूमा नआएका पक्कै होइनन् तर त्यसको लागि ति हुने खानेहरूले खाएर बाकी रहेको रहलपहल बोक्राहरू मात्र खाने बानी परेका हुदा खानेहरूलाई यस पटक पनि कुनै आशा छैन राज्य अनि सरोकारवालाहरू संग ।
आज लकडाउनको दिन मेरो राज्यमा एकजना भरिया हातमा नाम्लो लिएर बाटोमा निस्केको देखेको थिए। त्यो सुनसान सडकमा के मजदुरी गरौला भनेर ति भरिया (मजदुर) आए थाहा भएन। सबैजना नागरिक डराएर घरभित्र भ्यालबाट बाहिर हेर्न समेत आट नगरेको बेला ति मजदुर “यो नेपाली शिर उचाली संसारमा लम्किन्छ” भन्दै पक्कै आएनन्। गर्भवती आमाको पेटमा जसरी बच्चाले लात हान्दा परिवार खुसी हुन्छन्, त्यसरी नै ति मजदुर दाइको स-परिवारको पेटमा भोकले लात हानेको छ। अनि एकले अर्कोको अनुहार हेदैँ मनुँ भन्दा बौलाउनु जाति ठानेर संसारको ठूलो रोगसँग लडन तयार भएर त्यो सुनसान सडकमा पक्कै उहाँ देखिनुभएको हो।
भेटघाटमा हात मिलाउनु, गला मिलाउनु अनि चुम्बन गर्नु मानिसहरु सभ्यताको प्रतिकको रुपमा लिन्थे तर आज यि सबैबाट टाढिएर मानिसहरू नमस्कारमा प्रवेश गरेका छन्। नमस्कार मुलतः हिन्दु धर्मसँग सम्बन्धित हो तर आज यो धर्म त्यो धर्म भन्दा नि जिवन मानिसलाई प्यारो भएको छ। प्राण मानिसलाई प्यारो लागेको छ।
आज मन्दिरको ढोका बन्द छ, मस्जिदको ढोका बन्द छ, चर्चको ढोका बन्द छ, गुम्बा पनि बन्द नै छ। जान-अन्जानका धमर्मका सम्पूर्ण ढोका बन्द छन्। खुला छन् त ति मनले पुज्ने भगवानको आकृति मात्र खुला छन्। हामी मानवले सकेसम्म यस महामारीलाई पेल्ननै खोजेका हौँ तर आजका दिनमा हार मानेर घरभित्र बन्धक भएका छौँ। चौबाटोमा निस्कने नसकिने अवस्थाको परिस्थिति सिर्जना भएको छ। छर-छिमेक, परिवार जन मात्र होइन कि आफूले आफूलाई समेत शंका गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ।
एउटा महामारीको उदय भएको छ। बन्द कोठाभित्र मन्द स्वास-प्रस्वास लिएर गुम्सिन बाध्य बनाएको छ यस महामारीले। ठुला-ठुला राज्यका उच्च पदस्थ व्यक्तिहरूको दिनहुँ जसो यही महामारीलाई लिएर मिटिङ तथा गोष्ठी भएको देख्न सकिन्छ तर पनि अझै यसको निचोड नआउनु आफैंमा अन्योलको वातावरण बनेको छ।
अझ डर त तब पैदा हुन्छ, जब डाक्टर र वैज्ञानिकहरू भन्छन्, यस रोगको औषधी बन्न ५-१० बर्ष लाग्छ, अरू रोगहरू जस्तो सजिलै बन्दैन यसको रोगको औषधी। अझ सञ्चार माध्यमहरूले घण्टै पिच्छे यस महामारीको सिकार यस देशमा यति भए, उति भए भनेर खबर गरिरहँदा मन आत्तिन्छ अनि हौसला पुवॅक त्यही सञ्चार माध्यमले भन्छ नआतिनुहवस। who भन्छ, व्यायाम गर्नुस, पौष्टिक खाना खानुस, १-२ पटक यस्तो समाचार सुन्नुस, बढी समय आफूलाई व्यस्त राख्नुस। कस्तो रोग आयो अन्तिम पटक आफ्नालाई अँगालो हालेर बिदाई समेत गनॅ नपाउने, छुन नपाउने।
आज संसारभरिका सबै जना मानिसलाई एउटै केन्द्रविन्दुमा लिएर आएको छ, मृत्यु कति भयावह छ भन्ने कुरा प्रमाणित गराएको छ। सबै देशले आफ्ना नागरिकको सुरक्षाको लागि हदै सम्मको निती अपनाएका छन्। हामी नागरिकको पनि जिम्मेवारी रहन्छ यस बेला कि आफु सुरक्षित भई परिवारलाई सुरक्षित बनाऔ, परिवार सुरक्षित गराई समाज सुरक्षित गराऔ, समाजबाट राज्य अनि राज्यबाट विश्वलाई सुरक्षित पारौ।
आफू बसेको राज्यको निती नियमलाई पालना गरौ, who को निती नियमलाई पालना गरौ। ति गल्ली, चोक, पाकॅले हाम्रो लागि पर्खिरहेका छन्, यस महामारीबाट बच्न जो जहाँ छौ त्यही सुरक्षित भई बसौँ फेरि त्यो सुनौलो दिन आउनेछ। हामी सबै फेरि स्वतन्त्र भएर हिँड्न पाउने छौँ। बिछोडलाई मिलनमा परिणत गनेँ छ, खुशी हौँ, व्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यानमा राखौ।
(लेखक थापा क्यानाडाखबरका ‘मिडल इस्ट’ प्रमुख हुन् ।)