CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • बिपद्को बेला एकजुट हुन गीतबाटै सन्देश

    क्यानाडाखबर डेस्क – टोरोन्टो, क्यानडा ।

    एनआरएनका महिला अभियान्ता क्यानडा निवासी प्रमिला बस्नेतको शब्द सङ्कलनमा ‘ प्रेम गरौं’ गिती एल्बम सार्वजनिक गरिएको छ । पदम राई, धनु ज्ञानग्मी, सुष्मा लिम्बु र संगिता रायमाझीको संयुक्त आवाज गीतमा सुन्न सकिन्छ ।

    विपदको बेला तेरो मेरो छोडि सेवा गरौं, सबैलाई प्रेम गरौं भन्ने सन्देश र सामाजिक उत्तरदायित्व बोध गराउने अभिप्रायले बनेको गीतलाई धनु ज्ञानग्मीले संगित भरेका हुन् भने योगेश दाहाल र देब जंग थापाले भिडियो खिचेका छन् । भिडियोलाई बिहिबार ‘किरण कृयाशन’को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    पुरा भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोस् ।