CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • क्यानाडाबाट नेपाललाई टन्डनले गरे ४७ थान पिपिइ सहयोग

    क्यानडाखबर डेस्क , टोरोन्टो – क्यानडा।

    कोभेद १९ को सम्क्रमणले संसार नै आतकित भईरहेका बेला क्यानाडाबाट सामाजिक अभियान्ता नर बहादुर टन्डनले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । उनले नेपालको तुलसीपुर र घोराही उपमहानगरपालिकालाई २ लाख २५ रुपैया बराबरको ४७ थान पिपिइ उपलब्ध गराएका छन् ।

    महानगर प्रतिनिधिलाई पिपिइ हस्तान्तण गरिदै


    देशै भर सर्टिफाइट पिपीई अभाब भईरहेक बेला टन्डनले गरेको यो सहयोगले दाङमा कार्यरत स्वास्थ्यकर्मीलाई फिल्डमा काम गर्न निकै सहज हुने जनस्वास्थ्य शाखा दाङ प्रमुख ओमप्रकाश न्यौपानेले बताएका छन् ।

    बिगत लामो समय देखी क्यनाडा रहदै आएका टण्डन नेपाल पर्यटन बोर्ड क्यानडाको पुर्व प्रतिनिधि समेत हुन् । उनले बिगत केही वर्ष यता क्यनाडामा नेपालको प्रचार प्रसार गर्न विभिन्न अभियानहरु चलाइरहेका छन् ।

    पर्यटन प्रबद्क नर बहादुर टन्डन ।