CanadaKhabar.com

Thursday, April 16, 2026 -

हे प्रभु! म के गरु?

सबै जान्ने सबै सुन्ने भनेको पटक्कै नमान्ने
सबै पढेको अनुभबी काम पटक्कै नजान्ने
मै हुँ भन्ने घमन्ड कसैले कसैलाइ नटेर्ने
हे प्रभु!मेरो घरको नियती!खै कसले फेर्ने?

बाबू छोराको बिचार अलग घर कसरी चल्छ
सासू बुहारिको शीत युद्ध चुलो कसरी जल्छ
नाति नातिनी आफ्नै तालमा स्वर मच्चाउछन
बलेको आगोमा छिमेकिले घ्यु खन्याउछन।

बारी बाँझै खेत बाँझै बाली लगाउनु पर्ने बेला
बाँध बाँधि खेतमा पानी सिच्याउनु पर्ने बेला
काम कर्तब्य र अधिकार कसैले नबुझे पछि
के होला! जन्ती जानू पर्ने मलामी गए पछि।

पिँढी देखि आंगन सबै फोहोर बढार्ने कसले
रोइरहेका छन भोकले केटाकेटी हेर्ने कसले
म परे पार्टीको नेता बुढी नेत्री भातृ सङठनको
छोराबुहारी बिरोध गर्छनअधिकार उल्लंघनको

न म सक्छु पार्टी छोड्न न सक्छे बुढी घर हेर्न
न छोड्छ छोराबुहारिले बिरोध अनि रिस फेर्न
गज्याङ मज्याङ यस्तै छ घर बिग्रदै गाको छ
प्रजातन्त्र गणतन्त्र सबै हाम्रै घरमा लाको छ।

सोम बहादुर थापा
हाल : दुवई