अशोक दुलाल
कहीकतै उथलपुथल आएन भने अवको राजनीतिक प्रचण्डको वरिपरि घुम्नेछ । एक दुई दशक प्रचण्ड नेपालको राजनीतिकलाई आफू वरिपरि घुमाउन सक्नेछन् ।
समय र परिस्थिती अनूरुप प्रचण्डले आफूलाई ढालेकै छन् । तर यस परिस्थिती निर्माणका लागि प्रचण्डले आफूलाई केही परिवर्तन गर्न जरुरी छ । प्रचण्डले आफूलाई नेपाली राजनीतिमा कसरी प्रस्तुत गर्दा राजनीतिक फाइदा लिन सक्लान् । आउनुस् चर्चा गरौं ।
सुझाव नं. १ : हतार गर्ने बानी
प्रचण्डको जुनसुकै काममा अलि ज्यादा हतार गर्ने बानी छ । पछिल्लो राजनीतिक परिदृश्यले यो पुष्टी भइसकेको छ । केपी ओलीको सरकार ढाल्न र आफू प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्न प्रचण्डको हतारोका कारण राजनीतिक संक्रमण बढ्ने अवस्था आएको थियो । अघिल्लो प्रधानमन्त्री कालमा रुक्माङ्गत कटुवाललाई हटाउन हतार नगरेको भए प्रधानमन्त्री पदबाट राजिनामा दिने अवस्था आउने थिएन । उनले राजिनामा दिन हतार नगरेको भए लामो समय प्रधानमन्त्री चलाउन सक्थे । दोश्रो कार्यकालमा पनि हतार गरेरै राजिनामा दिई शेरबहादुर देउवालाई प्रधानमन्त्री पद सुम्पेको उदारण छ ।
सुझाव नं. २ : शान्ति प्रकृया
प्रचण्डको उदय जनयुद्धको जगबाट भयो । उनको राजनीतिक धरातल जनयुद्ध हो । उनले यसलाई चटक्क छोडेर भाग्न सक्दैनन् । अझैं युद्धका अवशेष बाँकी नै छन् । उचित व्यवस्थापन नगर्ने हो उनलाई सधै जनयुद्धले लखेट्नेछ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका कामहरु पुरा भएका छनन् । शान्तिप्रकृयामा क्रममा युद्धका पिडितहरुलाई न्याय र क्षतिपूर्ति दिलाउनुछ । आयोगका परेको उजुरीकर्ताहरुलाई भरणपोषण दिलाउन र पिडकलाई न्युनतम सजाय दिलाएर व्यवस्थापन गर्नु कठीन चुनौती छ । प्रचण्डले ती राज्यपक्ष र माओवादीतर्फका पिडितहरुलाई क्षतिपूर्ति र पिडकलाई न्यूनतम् सजाय दिएर उन्मुक्ति दिन भुमिका खेल्न आवश्यक छ ।
साथै युद्धको एक पक्ष तत्कालीन सरकारको नेतृत्व गर्ने नेपाली काँग्रेस र अर्को तत्कालीन माओवादी पार्टी सम्बद्धसँगै युद्धको क्रममा सामेल नभएको एमालेइतरका राजनीतिक पक्तिलाई पनि चित्त बुझाएर शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न आवश्यक छ । तत्कालीन एमालेइतरका पंक्तिलाई साथमा लिएर हिड्नका र पार्टी एकता बलियो बनाउन केपी सरकारसँगै अघि बढ्न प्रचण्डलाई जरुरी छ ।
सुझाव नं. ३ : सत्ता सझेदारी
प्रधानमन्त्री केपी शर्मा ओलिको सरकार ढालेर आफू प्रधानमन्त्री बन्ने हत्तार नगर्दा नै प्रचण्लाई राजनीतिक फाइदा छ । एकातिर इतिहासकै ज्यादा जनमत पाएको कम्युनिष्ट सरकारलाई सफल पारेर राजनीतिक परिवर्तन र उपलव्धिको जस लिने प्रचण्डका लागि अवसर छ भने अर्कोतर्फ प्रधानमनत्रीको ५ वर्षे कार्यकाल पुरा भएपछि निर्वाचनमार्फत प्रधानमन्त्रीका उम्मेदवार बन्न अवसर छ ।
सरसर्ती हेर्दा प्रचण्ड सत्ता बाहिर रहे पनि सत्ता वरिपरि घुमिरहेका हुनेछन् । आफूपक्षिय नेता कार्यकर्तालाई सरकारमा राखेर बलियो पकड बनाउन यो एउटा अवसर पनि हो ।
आफ्नो खस्केको जनमत उकास्न र भोलिको सत्ता बर्गिगमनको मार्गप्रस्शस्त गर्न प्रचण्डलाई आज केप ीओलिसँग सहकार्य गर्न जरुरी छ ।
सुझाव नं. ४: राजनितिक कुन्ठा
प्रचण्डमा बेला बखत राजनीतिक कुण्ठा देखिन्छ । जनयुद्धदेखि नै सहकार्य गर्दै आएका वावुराम भट्टराईलाई सँगै लिएर नहिड्दा आज मधेसी र जनजातीहरुको पार्टी बनेको छ । यसबाट प्रचण्डलाई राजनीतिक हानी भइरहेको छ ।
उता निर्वाचनको क्रममा नारायण श्रेष्ठलाई गोरखामा वावुराम भट्टराईसँग निर्वाचनमा लडाउदा श्रेष्ठले हारे । यसबाट प्रचण्ड आफैलाई बेफाइदा भयो ।
आजसम्म राजनीतिमा ज्यादा सहकार्य कम प्रतिश्पर्धा गर्दा उपलव्धि हात परेको दखिन्छ । त्यसैले प्रचण्डले राजनीतिक सहकार्यको बाटोलाई फरकिलो पार्दै जादा फाइदा छ ।
सुझाव नं. ५ : कार्यकर्ता पंक्ती
प्रचण्डको बलियो कार्यकर्ता पक्ती जनयुद्धकालीन कार्यकर्ता नै हुन् । आज ती जनयुद्धमा होमिएका कार्यकर्तालाई हेरविचार नगरे उनको जनआधार कमजोर हुनेछ । उनी रक्षात्मक बन्नुपर्ने अवस्थामा आउन सक्छ । पछिल्लो समय केही निर्वाचन क्षेत्रमा जित्न नसक्नु यसको उदारण रुपमा लिन सकिन्छ ।
केही समयअघि जनयुद्धका सेनाका निरन्तरको असन्तुष्ठि देखिनु शान्ति प्रकृया प्रचण्डका लागि राम्रो होइन । रोल्पा र रुकुमजस्ता जनयुद्धको उद्गमस्थलमा उनको विषेश ध्यानले जनआधार बलियो बनाउन सहयोग गर्छ ।
सुझाव नं. ६ : बोल्दा होसियारी
बेला बेलामा प्रचण्ड बोल्दा बहकिने गर्छन् । वहकावमा उनले बोलेका कतिपय भाषणले आफैलाई अप्ठ्यारो परिरहेको हुन्छ । केही समय अघि उनले जनयुद्धको क्रममा ५ हजार मारिएको जिम्मा आफूले लिने बताइदिए । बोल्दा होरियारी नअपनाउदा बेला बखत अप््ठयारो पर्न जान्छ । (दुलाल लामो समयदेखी फोटो पत्रकारीतामा संलग्न छन् । )