CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्यो

    अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्याको झण्डै दोब्बरले बढेको छ ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या ह्वात्तै बढेर दुई हजार ३ सय २९ पुगेको छ । लगातार तीन दिनदेखि औसत एक हजार २ सयको हाराहारीमा रहेको उक्त संख्या बुधबार झण्डै दोब्बरले बढेको हो ।

     

    कोरोनाबाट हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ७२ हजार २ सय ५० पुगेको छ भने १२ लाख ३७ हजार संक्रमित भएका छन् । १ लाख ९९ हजार निको भएका छन् । बितेको २४ घण्टामा २४ हजार नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म ।

    अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।