मैले सोचेको थिएँ आज राजा बिरेन्द्रलाई केहि राजावादी भनेर चिनिएकाहरुले मात्र सम्झना गर्नेछन्। तर सामाजिक सञ्जाल तथा सबै संचारमाध्यम हरुमा समेत समाचार बने स्वर्गीय भैसकेका राजा बिरेन्द्र । यसबाट मेरो मनमा एउटा कुरा उब्जियो । कित राजा बिरेन्द्रको हत्या भएको हुँदा अहिले उनीप्रति माया दर्शाइएको हो। कित राजाप्रति नेपाली हरुको आस्था अझै कायम छ तर जेठ १९ को घटनाको बारेमा आम जनतामा जुन किसिमको संका छ त्यस संकाले उक्त घटना पश्चात राजकाज सम्हालेका नयाँ राजाप्रति पैदा भएको बितृष्णाको सिकार
सिंगो राजसंस्था नै बन्न पुगेको हो।
नेपाली हरुको राजा प्रति रहेको आस्थाका कारण त्यस परिस्थितिमा राजसंस्था हटाउन कठिन हुने बुझेका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिकेन्द्र (गणतन्त्रका योजनाकार) हरु बाट नै एक परिवारलाई बिस्थापित गरि अर्को परिवारलाई स्थापित गरिदिंदा स्वत पछी स्थापित परिवार प्रति संका पैदाहुने अनि त्यहि संकाको सिकार सिंगो राज संस्थालाई नै बनाउन सकीने रणनैतिक योजना अनुरुप कतै जेठ १९ को दर्द नाक घटना घताइएको त थिएन? आँफुलाई गणतन्त्रवादी बताउने प्राय व्यक्तिहरुले राजा बिरेन्द्र भएको भए राजसंस्था मान्ने थिएँ भनेको सुनिन्छ । उनीहरुको यो भनाइले के बुझिन्छ भने, उनीहरु गणतन्त्रवादी नभएर राजा ज्ञानेन्द्र प्रतिको आक्रोसका कारण राजसंस्थाको बिरुद्धमा लागेका
रहेछन् ।
२०५८ साल जेठ १९ को दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्र प्रति संकाकै भरमा औंला ठड्याउने काम धेरै नेपालीहरुबाट भएको छ । त्यस्तो संका गर्ने मध्येको एक म पनि हुँ । तर अल्ली गहिरिएर सोच्दा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना गर्ने कुरा राजा बिरेन्द्र कै पालामा उठेको थियो । त्यसकै निम्ति माओबादीले हतियार उठाएको पनि ५ बर्ष पुगिसकेको थियो । जसलाई भारतले संरक्षण दिंदै आएको थियो भन्नेकुरा अब पर्दा बाहिर आइसकेको छ ।
तर राजा बिरेन्द्रको लोकप्रियताका कारण राजसंस्था प्रतिको नेपाली जनताको आस्था भने कायमै थियो । राजा बिरेन्द्र प्रति नेपालीको अगाद श्रद्दा रहेको कुरा राष्ट्रिय अन्तराष्ट्रिय जगतले समेत राम्रैसंग बुझेको थियो । पहिला राजा प्रति घृणा पैदा नगराई राजसंस्था प्रति अनास्था पैदा गराउन नसकिने हुँदा एक परिवारलाई बिस्थापित गरि अर्को परिवारलाई स्थापित गराएपछी स्वत: पछी स्थापित हुन पुग्ने राजा प्रति जनताको संका र घृणा पैदा हुन्छ, अनि राजा प्रतिको संका र घृणाको सिकार राजसंस्थालाई नै बनाउन सकिन्छ भन्ने रणनैतिक योजना अनुसार त्यस घटना घटाईएको पनि त हुनसक्छ ।
शक्तिसाली भनिएका राजा बिरेन्द्रलाई त झुक्याएर मार्नेले भाइलाई झुक्याउन के गार्हो कुरा भयो र ? फेरी हामि संकाकै भरमा कसैको खोइरो खन्छौ तर कसैले भने बोलेकै कुरातर्फ समेत ध्यान् दिंदैनौ । त्यसबेला सरकार प्रमुख, रक्षा मन्त्रि तथा राजदरवार सम्बन्धि मन्त्री समेत रहेका गिरिजा प्रसाद कोइरालालले दरवार हत्याकाण्डलाई (ग्रयाण्ड डिजाइन) हो भन्दै त्यसबारे आफुले पोल खोल्ने समेत बताए ।
उनको यो भनाइलाई सामान्य रुपमा लिन सकिंदैन । पोल खोल्न त्यसले सक्छ जसले घटना प्रत्यक्ष देखेको छ, अथवा जो घटना घटाउने काममा प्रतक्ष वा परोक्ष रुपमा संलग्न छ । एउटा देशको राष्ट्र प्रमुखको हत्याको नैतिक जिम्मेवारी सरकार प्रमुखले लिन पर्छ कि पर्दैन भन्ने सोचनीय बिषय हो ।