CanadaKhabar.com

Thursday, April 16, 2026 -

” सम्बन्ध”

 

” सम्बन्ध”

देखिएर पनि नदेखिए जस्तो।

भेटिएर पनि नभेटिए जस्तो।।

उनको मेरो सम्बन्ध कस्तो!

मेटिएर पनि नमेटिए जस्तो।।

हेर्दा फूलझै फक्रीरहे जस्तो।

देख्दा हाँगा पलाइरहे जस्तो।।

उनको मेरो सम्बन्ध कस्तो!

ओझेलमा उम्रेको बिरुवा जस्तो।।

आगो र दाउराको प्रेम जस्तो।

तेल र पानीको मिश्रण जस्तो।।

उनको मेरो सम्बन्ध कस्तो!

बादल अनि वर्षाको जस्तो।।

डुबेर पनि नमरिएला जस्तो।

पारी पनि नतरिएला जस्तो।।

उनको मेरो सम्बन्ध कस्तो!

खोलाको दुई किनारा जस्तो।।

समस्या केही नभए जस्तो।

तर समाधान खोजिरहे जस्तो।।

उनको मेरो सम्बन्ध कस्तो!

तरकारीमा नुन नपुगे जस्तो।।

 

सोम थापा