CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • अमेरिकामा एकैदिन ६१ हजार संक्रमित, ९४६ जनाको मृत्यु

    न्युयोर्क। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट बिहिबार ९ सय ४६ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरसबाट ६१ हजार संक्रमित भएका छन् ।

    अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

    अमेरिकामा हालसम्म ३२ लाख १९ हजार संक्रमित भएका छन् भने १ लाख ३५ हजार ८ सय ८ जनाको मृत्यु भएको छ । १४ लाख २६ हजार उपचारपछि निको भएका छन् । १६ लाख ५७ हजार उपचाररत छन् ।