CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएपछी, अस्पताल भर्ना

    एजेन्सी । भारतीय चलचित्र उद्योग (बलिउड)का चर्चित कलाकार ,महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ ।

    उनलाई कोरोना पोजेटिभ देखिएपछि  मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ  ।

    ७७ वर्षीय अमिताभ बच्चन आफैले ट्वीट गरेर यो जनाकारी दिएका हुन् ।

    उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘म मा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालमा लैजादै छन् । अस्पतालले अधिकारीहरुलाई सूचित गरिरहेको छ । परिवार र बाँकी कर्मचारी मेरो जाँच तथा परीक्षणमा खटिनुभएको छ । परीक्षणको नतिजाको पर्खाइमा छौं । गएको १० दिनमा मेरो सम्पर्कमा आउनुभएका सबैलाई आ–आफ्नो परीक्षण गर्न आग्रह गर्छुँ ।’