क्यानडाखबर संवाददाता – धादिङ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका अन्र्तगत वडा नं. ५ को बेनिघाट बजारमा अवस्थित छ, यस कारु स्मृति प्रतिष्ठान । यस संस्थाले आफ्नो स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यक्रम गरी सो ठाउँका स्थानियहरुको मन जित्न सफल भैसकेको छ । विगतमा यस संस्थाले जिल्ला स्तरीय खेलकुद कार्यक्रम आयोजना, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम, बजार सरसफाई र फोहोरमैला व्यवस्थापन, पृथ्वी राजमार्गमा हुने विभिन्न सवारी दुर्घटना घाइतेहरुलाई उद्दार तथा राजमार्ग अवरुद्ध हुँदा मध्यस्तकर्ताको भुमिका खेली सवारी साधनहरु आवज–जावत गर्न सहज वातावरण भुमिका खेल्दै आएको छ ।

वर्तमान परिस्थितिमा कोभिड–१९ अर्थात कोरोना भाइरस महामारीले संसार भरी नै जनजीवन उथलपुथल भइरहेको यस महामारीका अवस्थामा कारु स्मृति प्रतिष्ठानले झन बढी प्रभावकारी भुमिका खेल्दै आएको छ । नेपाल सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै यस संस्थाले बेनिघाट बजार क्षेत्रमा मास्क वितरण गर्नुको साथै कोरोना भाईरसबाट कसरी बाच्न सकिन्छ भनि जनचेतना मुलक जानकारी ब्यानर प्रिन्ट गरी चोक चोकमा राखिएको थियो ।
लकडाउनको दोस्रो हप्ताबाट दैनिक गुजारा चलाउन असहज भएका सर्वसाधारणहरु काठमाडौं उपत्यका छोडी पृथ्वी राजमार्ग हुँदै आफ्नो गाउँ घर तर्फ जाँदै गरेको भिड देखिएपछि यस संस्थाले सामाजिक दुरी कायम गरी बेनिघाट बजारमा हेल्प डेस्कको स्थापना गरेको थियो । यस संस्थाले हेल्प डेस्क मार्फत दिउँसो राजमार्ग हुँदै पैदल तथा साइकलबाट यात्रा गर्ने यात्रुहरुका लागि खाजा, पानी र मास्क पनि वितरण गरिएको थियाो । स्थानिय सरकार, स्थानिय बृद्धिजिवी अभिभावक र कारु स्मृति प्रतिष्ठानका यूवाहरु मिलेर बेलुका हिडने पैदल यात्रुहरुलाई खाना र बास स्थानकोे व्यवस्था मिलाइए थियो । साथै लकडाउनको बेला स्थानिय सरकारले गरिब, दुखी र दैनिक मजदुर गरी जिवनयापन गर्ने जनताहरुला राहत वितरण गरिएको थियो । सोही राहत वितरण कार्यक्रमा कारु स्मृति प्रतिष्ठानले बेनिघाट वडा नं. ५ भित्र स्वयम सेवकको भुमिका निर्वाह गरेका थिए र वडा नं. ५ लाई केही बोरा चामल, नुन तेल र दाल समेत किनेर सहयोग पनि गरेको थियो ।

हालैसालै मात्र आएको प्रकृति प्रकोप अर्थात लगातार मुसलधारे पानीले गर्दा आएको बाढी, पहिरोले धादिङ जिल्लाको विभिन्न ठाउँ सहित विशेष गरी बेनिधाट रोराङ गाउँपालिकामा अलि बढी क्षति भएको छ । बेनिघाट बजारमा पहिरोले क्षति पु¥याएको स्थानमा कारु स्मृति प्रतिष्ठानका यूवाहरु सक्रियतामा पिडित घर तथा परिवारलाई उद्दार गरिएका े छ ।

अविरल वर्षाका पानीका कारण गोरखा र धादिङ जिल्ला जोड्ने पुलमा लेदो माटो र ढुङ्गा थुपारिएको थियो र सवारी साधनहरु आवज–जावतमा अवरोध भएको थियो । यस कारु स्मृति प्रतिष्ठानका यूवाहरु मिलि दोजरद्वारा पुलमा रहेको लेदो माटो र ढुङ्गा हटाई, मानिसहरु र सवारी साधनहरु आवज–जावत सहज बनाउनका सहयोग गरिएको छ ।
आगामी दिनहरुमा पनि भैपरी आउने जुनसुकै विषम् परिस्थिति, सुख, दुःख, सामाजका स्तरउन्नतीका लागि यस कारु स्मृति प्रतिष्ठानका यूवाहरुले सदैव सक्रिय हुने प्रतिबद्धता गरेको छ ।
यसै गरी नै हरेक समाजका यूवाहरु सामाजिक काममा सक्रिय भयो भने राम्रो समाज निर्माण गर्न असहज हुने थिएन होला ।

