CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • नयां प्रतिभाको खोजीमा ‘हिमालयन म्युजिक एकेडेमी’

    विश्वास लामा
    क्यानडाखबर संवाददाता – लण्डन, क्यानडा ।

    एक्रोन ओहाइयो अमेरिकामा रहेको ‘हिमालयन म्युजिक एकेडेमी’ले अनलाईन प्रतियोगिता ‘ONLINE TALENT SHOW COMPETITION-2020’  आयोजना गर्ने भएको छ । प्रतियोगिता ४ विधामा हुनेछ । उक्त चार विधामा गायन, नृत्य,हाँस्य विधा र बिभिन्न बाजागाजा बजाउने विधा राखिएको आयोजक संस्थाका अध्यक्ष पुष्प गजमेरले बताए । यहि अगस्ट १५ तारिख देखि सेप्टेम्बर १८ तारिख सम्म सहाभागिताको लागि फर्म भर्ने मिति तोकिएको छ ।

    कार्यक्रममा सहभागी हुन ५ देखी ६५ बर्ष उमेर भएकोले भाग लिन सक्ने आयोजकले जानकारी दिएका छन् । अमेरिकामा रहेको प्रतिभासंगै यस पटक भने क्यानाडामा रहेका प्रतिभाशाली नेपालीभाषीहरूले पनि भाग लिन पाउने छन ।

    यस अनलाईन प्रतियोगितामा भाग लिनेले अमेरिकन २५ डलर फारम शुल्क तिर्नु पर्नेछ । यस प्रतियोगिताको फाईनल भने नेपालीहरुको महान चांड दशैं र तिहारको बीच पारेर नोभेम्बर ७ मा हुने बताईेको छ । यस संगै कार्यक्रमको अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ । अनलाईन प्रतियोगिताको जजको रूपमा विकास थुलुङ, सारंगा श्रेष्ठ र अर्जुन रसाइली रहेका छन् भने जुरी तर्फ भने गोपी दाहाल, डम्बर खापुङ र सन्तोष रामदम रहेका छन् ।

    प्रतियोगिताको बिजेताले विशेष ट्रफी सहित २५०० अमेरिकन डलर, फर्स्टरनर अपले ट्रफी सहित १५०० अमेरिकन डलर र सेकेन्ड रनर अपले ट्रफी सहित १००० अमेरिकन डलर पुरस्कारको ब्यबस्था गरिएको अध्यक्ष गजमेरले बताए ।