CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • सञ्चारकर्मी रामजीको निर्देशनमा ‘डार्क मुन’ ( भिडियो सहित )

    क्यानडाखबर संबाददाता – काठमाडौ ।  केही समय अघी मात्र ‘लकडाउन’ नामक सर्ट भुमी सार्वजनिक गरेका सञ्चारकर्मी रामजी ज्ञवालीले यतिबेला ‘डार्क मुन’  सर्ट मुभी सार्वजनिक गरेका छन् । सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

    कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको फिल्ममा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले मुख्य भूमिका निभाएका छन्, भने तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । डार्क मुनको कथा सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् ।

    ‘डार्क मुन’लाई कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो फिल्मलाइ नवराज उप्रेतीले छायाँकन गरेका हुन् , भने सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

    सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको निर्देशक ज्ञवालीले बताएका छन् । नेपालको सामाजिक परिबेशमा एउटी आमा सन्तानप्रती अत्तरदायी नहुँदां सन्तान भविश्य अन्धारकार हुन सक्ने अवस्थालाई छोटो चलचित्र मार्फत देखाउन खोजिएको ज्ञवालीले बताए ।

    पुरा चलचित्र हेर्न तलको लिङकमा क्लिक गर्नुहोस् ।