CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • क्यानडाबाट ‘कन्फ्युज’ लिएर आए गायक निश्चल नेपाल

    क्यानडाखबर संवाददाता । टोरोन्टो, क्यानडा ।

    झन्डै एक दशक देखी क्यानडा रहदै आएका गायक निश्चल नेपाल “कन्फ्युज” गीत लिएर फेरी एक पटक दर्शक श्रोतामाझ आएका छन् ।

    प्रवासमा रहेर पनि नेपाली गीत संगितलाई निरन्तरता दिईरहेका गायक निश्चल नेपालले “किन किन आज मनमा हुँदैछ तरङ्ग ” बोलको लिरिकल भिडियो म्याक्स इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

    म्याक्स नेपालको शब्द/ संगीतको यो गीतलाई निरज थापाले एरेन्ज गरेका हुन् ।  गीतको अफिसियल म्युजिक भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी भईरहेको गायक निश्चल नेपालले बताए ।

    गायक नेपाल एड्मन्टन स्थित नेपालीहरुको सामुदायिक संस्था ‘नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन’ को कल्चरल प्रोग्राम डाइरेक्टरको भूमिकामा समेत सकृय रहेका छन् ।

    गीतको लिरिकल भिडियो हेर्न तलको लिङ क्लिक गर्नुहोस् ।