CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • इन्टर र लाजियो बराबरीमै रोकिए

    इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत इन्टर मिलानले लाजियोसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली लाजियोसँग इन्टर १-१ गोलको बराबरीमा रोकिएको हो ।

    अग्रता जोगाउन नसक्दा इन्टर अंक बाँड्न बाध्य बन्यो । खेलको ३० औँ मिनेटमा गोल गर्दै लाउरेटो मार्टिनेजले इन्टरलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५५ औँ मिनेटमा सर्जिज सेभिगले गोल गर्दै लाजियोलाई खेलमा फर्काए ।  बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन ।

    खेलको ६९ औँ मिनेटमा लाजियो १० खेलाडीमा सिमित भएको थियो । सिरो इम्बोबिलले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । यस्तै, इन्टरका स्टेफनो सेन्सी पनि ८६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए १० खेलाडीमा झरेको थियो ।

    बराबरीसँगै इन्टर ३ खेलमा ७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने लाजियो ४ अंकसहित तालिकाको नवौं स्थानमा छ ।