मेरो बलात्कार गर
मेरो यिनै गर्भमा राखेर हुर्काएको हुँ तिमीलाई
मेरो यिनै छाती चुसाएर भरेको हुँ बल तिम्रो पाखुरामा
मेरो यिनै योनी बहाएर जन्माएको हुँ तिमिलाई
र आज तिमी बयस्क भएका छौ
छोराबाट मर्द बनेका छौ
गल्ति मबाट भएको हो
तिमीलाई जन्म दिएर
फेरि अर्को गल्ति गरे छोरी जन्माएर
त्यसैले छोरा,
सबैभन्दा पहिले पस्चाताब मलाई गर्न देउ
आउ गिजोल मेरो छाती
नंग्रा गाढ मेरो गर्भमा
र देखाउ तिम्रो मर्दांगी मेरो योनीमा
आउ छोरा
सबैभन्दा पहिला मेरो बलात्कार गर
मेरो ममताको बलात्कार गर
आउ प्रिय छोरा
सबैभन्दा पहिले आमाको बलात्कार गर