CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • प्रताप दास र प्रनिशा अधिकारीको स्वरमा ‘आंखामा बस्यौ’ क्यानडाबाट सार्वजनिक

    क्यानडाखबर संबाददाता – टोरोन्टो क्यानडा ।

    नयाँं पुस्ताका चर्चित गायक प्रताप दास र प्रनिशा अधिकारीको स्वरमा ‘आंखामा बस्यौ’ क्यानडाबाट सार्वजनिक भएको छ ।

    क्यानडामा लामो देखी सकृय सिनेकर्मी इश्वर थापाको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा उद्धब मौसम तथा अंकिता कंडेलको अभिनय रहेको छ भने भिडियो निर्माणमा गोविन्द नेपालको प्राविधिक सहयोग गरेका छन् ।

    यो गीतलाई संगीत राजेश थापाले दिएका छन् भने लेखन राजेश थापा र विपिन किरणले संयुक्त रुपमा गरेका हुन्। प्रदीप श्रेष्ठको एरेञ्ज, रदीप श्रेष्ठको मिक्सिङ र रेकर्डिङ रहेको छ।

    ‘ड्रिम्स गेट इन्टरटेन्टमेन्ट’ च्यानलवाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई क्यनाडाको टोरोन्टोमा छायाँकन गरिएको हो ।

     

    पुरा भिडियोका लागि तलको लिङकमा क्लिक गर्नुहोस् ।