CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • क्यानडाको पहिलो नेपाली `कम्युनिटी बिजनेश डाइरेक्ट्री’ को बिमोचन

    क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।

    लामो समय यता क्यानडा बस्दै आएका नरेद्र पुडासैनीको पहलमा क्यानडामा रहेका नेपाली समुदायका ब्यक्तिहरुद्वारा सन्चालित व्यवसायहरु, संस्थाहरु तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरुका सूचना र जानकारी समेटेर तयार पारिएको क्यानाडाको पहिलो नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री एक विशेष समारोहविच विमोचन गरिएको छ । क्यानाडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुङ्गाना तथा ब्राम्टन सहरका मेयर प्याट्रिक ब्राउनले संयुक्त रुपमा उक्त डाइरेक्ट्रीको विमोचन गरेका थिए ।

    उक्त पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री” को सफलताको लागि अन्टारियो प्रान्तका सरकार प्रमुख प्रिमियर डग फोर्डले शुभकामना दिदै उक्त डाइरेक्ट्रीमा समावेस व्यवसाय तथा संस्थाहरुले अन्टारियो प्रान्तको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको सराहना गरेका छन्।

    विमोचन पश्चात् बोल्दै राजदुत भृगु ढुङ्गानाले संयोजक तथा प्रकाशक नरेन्द्र पुडासैनी लगायत संपुर्ण नेपाल मिडिया क्यानाडा टिमलाई यस सह्रानिय कदमको लागि धन्यवाद दिनुका साथै क्यानाडाको पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री “ को सफलता को लागि शुभकामना दिएका थिए । राजदुतले यस डाइरेक्ट्रीले नेपाली कम्युनिटीलाई बिजनेशहरुको प्रोडट र सर्भिसहरुको जानकारी दिनुका साथै नेपालीहरुको बिजनेश बिस्तारमा समेत सघाउ पुग्ने बताए ।

    कार्यक्रममा ब्राम्टन सिटिका मेयर प्याट्रिक ब्राउनले महामहिम राजदुत भृगु ढुङ्गानालाई ब्राम्टन शहर मा स्वागत गर्नुका साथै नेपाली समुदायको प्रसंसा गर्नु भयो ।आफ्नो विगतको नेपाल भ्रमणको सविस्तार वर्णन गर्नु भयो । उनले नेपाल भ्रमण गर्ने जो कोहि पनि नेपालको सौन्द्रर्यबाट सारै प्रभावित हुने र फेरि कहिले नेपाल फर्कन पाउछु भनेर लालाहित हुन्छन भन्दै नेपालको प्रसशां गरे ।

    नेपाली आप्रवासी संघ क्यानाडाका अध्यक्ष चिरनजिवी घिमिरेले पुडासैनी द्वारा सुरु गरिएको यो प्रयास लाइ प्रसंसा गर्नुका साथै यो नेपाली समुदायमा धेरै उपयोगी हुने कुरा ब्यक्त गरेका थिए ।
    व्यक्तिगत प्रयासबाट यस कामको शुरुवात भए पनि यस डाइरेक्ट्री श्रृजना को सम्पुर्ण श्रेय नेपाली समुदायका व्यवसायहरु, संस्थाहरु तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरु लाई जाने प्रकाशक नरेन्द्र पुडासैनिले बताएका छन् ।