हुनत हरेक मानिसले कुनैपनि वस्तुलाई तुलना गर्ने र हेर्ने
अनी ब्याख्या गर्ने शैली फरक हुन्छ ।
क्षमता र उसको क्रियाकलाप र भोगाईले पनि हेर्ने र विश्लेषण गर्ने
ढङ्ग र क्षमता फरक हुन सक्छ । जिन्दगीलाई
साहित्यकार, कलाकार र हरेक क्षेत्रका पेशा
व्यवसायीहरुले अलग अलग रुपमा ब्याख्या गरेको
पाइन्छ । हामीले मन पराएर सुन्ने हरेक
गीतहरुमा जिन्दगीको ब्याख्या पनि फरक
फरक ढङ्गबाट भएको पाइन्छ । कसैले जिन्दगीलाई
उझाड मरुभुमी भनेर भन्ने गरेका छौँ त कसैले
जिन्दगीलाई अमुल्य ठानेका छौँ । त्यहि
जिन्दगीलाई कसैले यात्रा भनेका छन् त कसैले निराशाको
संज्ञा दिएका छन् ।
जिन्दगीले सहि मोड लियो या त सुखको जित भयो भने
मानिसले त्यसैलाई सकारात्मक कुराबाट परिभाषा गरेका छन् त दुःखको
जित भयो भने त्यसैलाई नकारात्मक कुराको संज्ञा दिने गरेका छन् ।
फेरी कुरा उठ्न सक्छ दुःख के हो ? अनी
सुख के हो ? के लाई दुःख र के लाई सुख भन्ने ?
मापन गर्ने मानिसको मनै रहेछ । धेरैले मन अनुसार जिवन यापनको
अनुभव र भोगाई परिभाषा गरेका हुन्छन् ।
तर जस्तोसुकै उमेरको मानिस होस या त सोचाई फरक होस उसमा
हरेक क्षण आशा भने जिवित नै रहेको हुन्छ । या त बालबच्चा
होस या युवा तन्नेरी वा चैँ बृद्धबृद्धा हरेकमा पछिको
दिन सुख नै हुन्छ भन्ने आशाको दिप मनमा जलीरहेको
हुन्छ ।
हामी सानो छँदा हाम्रो सोच के थियो र आज के छ ?
अनी त्यतीवेला हामीले लिने
आशा र यतीवेला गरिने आशा कति फरक छ । उ वेला
कसैले एउटा चक्लेट दियो भने दुईवटा पाउन पाए खुसी
भइन्थ्यो । उफ्रीन र दगुर्नमा अरुलाई पछि पार्ने आशा
हुन्थ्यो । अली पछि गाडी किन्ने र आफैँ
ड्राइभर वन्ने सपना थियो । कक्षामा पढ्दा शिक्षकले सोद्धा डाक्टर
वन्ने र पाइलट वन्ने यस्ता थिए त्यतिवेलाका इच्छा, ति सपनाहरु
थिए र एक किसिमका आशा र सोचाइ पनि । तिनै आशा र सपनाहरुले
हामीलाई आज कहाँ पु¥यायो । कति सम्म निर्धारण
गर्न सकियो ती आशाहरुलाई त कति खेर फालियो पनि ।
केही भएर पनि नभए जस्तो या भएर पनि नभएजस्तो
यो जिन्दगी माया, ममता, प्रेम, प्यार, मा सोच्ने हो भने
यो करुणैकरुणा भरिएको हुन्छ । या त चिन्ता, बोझ, दुख, कष्ट,
आँसु, पीडा, छटपट र चोट, जलन, बियोग, हण्डर,
ठक्कर, तथा बेदनामा सोच्ने हो भने दुःखको भवसागर भइदिन्छ यहि
जिन्दगी ।
संयोग, भाग्य, सौभाग्य, दान, बरदान, इज्जत, गौरब, राज, रजाइ,
हाइहाइमा जिन्दगीलाई
सोच्ने हो भने आशा हो
जिन्दगी ।
सर्वकारी, सर्बहारी,
ब्रह्मचारी, कर्मचारी,
सदाचारी, व्यभिचारी, शिकारी
भएर पनि त जिन्दगीको सोच लिने हो भने आफ्नै टुङ्गो
लाग्न सक्छ । जस्तो मन गरे पनि जिन्दगी भित्र चोट र
पिडा लुकेको हुन्छ । त्यहिँभित्र हाँसो र सुख पनि अटाएको हुन्छ ।
हामी आफँै पनि सुख र खुसीकामुडमा भन्ने
गछौँ जिन्दगी दुईदिनको घामछाँया हो । कुनैबेला
जिन्दगी माया नै माया हो । कसैले भन्छन
जिन्दगी भूल हो कसैले भन्दछन फूल हो । कसैले
भन्छन जिन्दगी धोकै धोका हो । कसैले भन्छन
पानीको फोका हो । कतिखेर फुट्ने हो टुङ्गो हुँदैन ।
मादक पदार्थ सेवन गर्ने मतवालाले भन्छ जिन्दगी
भरेको बोतल जस्तै छ । पिउदाँ पिउदैँ कतिखेर रित्तिन्छ थाहा हुँदैन ।
कविहरुले भन्ने गर्छन जिन्दगी एउटा कविता नै हो ।
एकछिन भाका हालेर रसस्वादन गर्दा गर्दै टुगिंहाल्छ । कथाकारले
भन्छन् जिन्दगी एउटा कथा मात्र हो । एक दुई
घण्टाको बसाइ मै पढिसकिन्छ । फेरि नाटककारले भन्छन
जिन्दगी नाटक जस्तो छ ।
खुसी र सुखको
क्षणमा जिन्दगी छोटो र अस्थिर जस्तै लाग्छ ।
अनी दःुख र छटपटाइमा लामो र झन्झटिलो भइदिन्छ यहि
जिन्दगी । मानिसका यी सबै तर्क बितर्क र
परिभाषाहरुलाई ठम्याउँदा ठिकै देखिन्छ । तर जिन्दगीलाई
खोतल्दै जाने हो भने भने जिन्दगी भित्र अझ अर्को
पनि जिन्दगी लुकेको हुन्छ । यो हामी
कतिले भोगीरहेका छौँ र महसुस पनि गरिरहेका छौँ ।
थरीथरीका तर्क बितर्क, बाद बिवाद
अनी भाषा परिभाषाले गर्दा त झन यसको मेसो पाउन
नसकेर कति हामी धिक्कार ठान्छौँ यहि
जिन्दगीलाई र आफैँभित्र रिस पालिरहेका हुन्छौँ ।
अनी कतिवेला आफ्नो देह आफैँ त्याग गछौँ आफैँलाई
थाहा हुँदैन ।
यहि जिन्दगीमा सहज या त असहज परिस्थिति,
बाध्यता, बिवशता, दुःख, कष्ट र अनेक झन्झटभित्र रुमलिँदै अनेकौ
झमेला भित्र अनेकौँ बाटाहरुमा ठोक्कीएर दिमाख घुमेर
आफैँमा चक्कर लगाएपछि मात्र जिन्दगीलाई बुझ्दै जाने
विवेकरुपी ज्वालाका बिर्काहरु खुल्दै जान्छन भन्ने धेरै
मानिसहरुको धारणा छ । अनी कहिले काहिँ आफैँ भन्ने
गर्छौँ संसारमा ठोक्किएर मात्र सुध्रने चिज केवल
जिन्दगी हो । सिसाको वोतल, कुद्दै गरेको
गाडी, उड्दै गरेको जहाज ठोक्कियो भने फुट्छ त्यसले
काम दिँदैन । तर मानिसको जिन्दगी ठोक्कियो भने होस
खुल्छ भनेर ।
संसारमा हरेक चिज नाप्ने यन्त्र दैनिकरुपमा आविस्कार भइरहेका
छन् तर मानिसको मन र उसको जिन्दगीको लम्वाइ,
चौडाइ, उचाइ र गहिराईको योगफल या आयतन नाप्ने यन्त्र भने
आविस्कार नभएर पनि होला के हो जिन्दगी ?
जिन्दगीलाई जोड, घटाउ, गुणा र भाग गर्ने मानिसै
पिच्छेका सुत्रहरु फरक फरक हुन्छन् । जिन्दगीलाई
हेर्ने आँखा र बुझने मन फरक फरक भएकै कारण यसलाई हेर्ने
र बुझने तरिका पनि फरक भएको हुन सक्छ । त्यहि भएर धेरैले
जिन्दगी नाप्ने अन्तिम उपाय धर्म भन्ने गरेका छन् ।
अध्यात्मिक वा धार्मिक भएर सोच्ने हो भने कुनै ढुङ्गालाई पुजा गरेर
या त ढुङ्गालाई देवता मानेर जिन्दगीको बाँकी
पल सुखमय होस् भन्नुको विकल्प नरहला । किनभने वैज्ञानिक
हिसावले मानिसको मन जाँच्ने यन्त्र नभएरै मानिसले बनाएका सुत्र
चाहीँ कहि न कहि फेल खाइरहेका हुन्छन् । यदि
वैज्ञानिक तवरले मानिसको मन नाप्ने यन्त्र थियो भने
जिन्दगी नापिन्थ्यो र के हो जिन्दगी सायद
सहि परिभाषा गरिन्थ्यो होला ।
रिती तिथी संस्कार र संस्कृती
मानिसका आ–आफ्नै हुन्छन् । अनी
हामीले मनाउने चाडवार्ड पनि फरक हुन्छन् ।
हामी रुमल्लिरहेका हुन्छौँ सुख र आरामको
जिन्दगीको आशामा ।
कोहि हामी रमाइलो गर्ने अवसरको खोजीमा
हुन्छौँ त हामी भित्रै कोहि रमाइलोमा खर्च हुने
आर्थीकको साधनको खोजीमा । चाडपर्वहरु
सायदै त्यसकै लागि होलान् अनी नयाँवर्ष पनि । यिनै
आशाको पछि लाग्दा लाग्दै हाम्रो जिन्दगी छोट्टिरहेको
हुन्छ । हामी कसैले महसुस गरेका छौँ त कतिले सोच्नै
भ्याएका छैनौ पनि । विगतका सालमा मनाएको पनि नयाँ वर्ष गत बिचमा
मनाएको जनवरी पहिलो पनि नव वर्ष । यस्ता नव वर्ष
पनि उमेर ढल्किएसँगै वढ्दै जान्छ र गइरहेको छ । ती
सँगै हाम्रो जिन्दगी र आशा पनि फेरीरहेका
हुन्छन् । समाप्त हुँदैन मानिसको जिन्दगी र हाम्रा
अनगिन्ती आशा ।