बलराम काफ्ले – क्यानडाखबर संवाददाता । विन्सोर
क्यानडाको वन्टारियो प्रविन्सको विन्सोर सिटि बासी नेपाली मूलका भूटानीहरूको आयोजनामा रचना वाचन गर्ने साहित्यिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउदो ३ जनवरी आईतवारका दिन बिहानको १० बजे देखि दिनको १२ बजे सम्ममा सम्पन्न हुने गरी कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् । भर्चुअल गरिने रचना वाचनमा अमेरिका ,नेपाल,अष्ट्रेलिया क्यानडाबाट पुर्व समाजसेवी,शिक्षक शिक्षीका, युवा सर्जक र नारी श्रष्टाहरु अनि साना बाबु गजल गायक र सकृय छोरीको रमाईलो सहभागिता रहने कार्यक्रमको तयारीमा जुटेको आँकुरा साहित्य चौतारी आयोजकले जनाएको छ।

उक्त खुल्ला रचना वाचन कार्यक्रममा धेरै भन्दा धेरै नारी श्रष्टाहरुबाट सहभागिताको अपेक्षा गरी जानकारी पुर्याउने प्रयास जारि रहेको पनि बुझिएको छ। यस कार्यक्रमले बालबालीकाहरुलाई नेपाली भाषा सिकाई र बोलचालमा सुधार ल्याउने हेतुले गजल,कविता,बाल रचना आदिलाई प्राथमिकता दिईएको आँकुरा साहित्य चौतारी जनाएको छ । साथै भाषा साहित्यका सेवकहरुबाट डायस्पोरामा नेपाली भाषा र साहित्यको आवश्यक्ता र महत्वबारे केहि छलफल चर्चा हुने समय अनुकुल मिले मनसाय आएको छ।
बालबालीकाहरुमा देखिएको नेपाली भाषा प्रतिको मोहलाई देखेर पनि अभिभावक तथा बालबालीकासँगै आलो पालो रचना वाचन कार्यक्रमलाई निरन्तरता दिन लागिको हो। यस अघि पनि २२ जना स-साना बालबालीकाहरुले रचना वाचन गरेर समाजलाई खुसि बाड्न थालेको अवसरमा आँकुरा साहित्य चौतारी विन्सोर द्वारा बालबालीकासँग सम्बन्धित नेपाली पुष्तकले पुरस्कृत भएका छन्। यसमा बालबालीकाहरुलाई नेपाली भाषा सिकाईका लागि सरल नेपाली किताबहरु यहाँ पाईन सकिने पनि रहेको आयोजकले बताएको छ।
