CanadaKhabar.com

Friday, May 10, 2024 -
  • सगुनले गर्‍यो बिशेष वेविनार (पूर्ण पाठ सहित)

    क्यानडा ।

    डिसेम्वर ७,२०२०का दिन क्यानडाबाट सगुनमा लगानी गर्नु हुने लगानी कर्ताहरुका बिचमा वेविनार मार्फत अन्तर्क्रिया सम्पन्न भयो ।  एक थुकी सुकी, हजार थुकी नदी हुन्छ भन्ने भावनालाई अंगिकार गर्दै नेपाल र नेपालीहरुलाई विश्वले चिन्ने गरी सगुनको देश, टेक्नोलोजीको देश, सृजनशिलहरुको देशभनेर चिनाउने सपना बोकेर सगुनको इनोभेसन गर्दै अमेरिकामा बशोवास गर्ने नेपालीहरुबाट सगुनको स्थापना गरेरको हो । यो सगुन अमेरिकी कानून अनुसार अमेरिकामा रजिष्टर्ड भएको स्टार्टप कम्पनी भए पनि भारतको कर्पोरेट अफेयर्स मन्त्रालय र नेपालको कम्पनी रजिष्टारको कार्यालयमा रजिष्टर्ड भएको छ ।
    सगुनको सुन्दर भविष्यको सम्भावना, र यसले छरेको उज्यालो ज्योती हेर्न र उपभोग गर्न सन्सारभर छरिएर रहेका मानिसहरु लालाहित भएका छन । कार्यक्रमको थालनी गर्दै सबै अभियन्ता, शुभचिन्तक र उज्वलभविष्यको कामना गर्ने शारथीहरुमा नमन र श्वागत गर्दछु भन्दै सगुन क्यानडाका कोअर्डिनेटर सुरेन उप्रेतीले कार्यक्रमको थालनी गर्नु भएको थियो ।

    सगुनका फाउण्डर गोबिन्द गिरीले सगुनले यसै हप्ता एन्ड्रोयड फोनमा नयाँ भिडियो फिचर आइसकेको र प्रयोग कर्ताहरुले अत्यन्त मनपराएको जानकारी गराउनु भयो । सन्सारमा वर्तमान अवस्थामा रहेका च्याटिङ फिचर्स भन्दा फरक अवधारणाले बनाइएको मुडटक अहिले बेटाभर्सनमा सफलता पूर्वक परिक्षण भइ रहेको कुरा जानकारी गराउनु भयो । त्यस्तै गरि अन्य पाईपलाईनमा रहेका बिभिन्न फिचर्सहरुको प्रदर्शण गराउनु भयो । सगुनलाई प्रयोग गरेर स्मार्ट क्वाइनको प्रयोगले सगुन अत्यन्तै जनपृय बन्दै अधिक यूजर्सग्रोथ भएको जानकारी पनि गराउँनु भयो । नेपाल र भारतका बिभिन्न प्रतिष्ठित व्यवशायीक संस्थाहरु सँग सगुनले सहकार्य गर्दै इकमर्शको क्षेत्रमा अगाडि बढ्दै गरेको गरेको पनि बताउनु भयो ।सन २०१८ मा लगभग तीन मिलियन यूजर्स मात्र भएको सगुनमा २०२०मा आइ पुग्दा ८.६ मिलियन भ्यूज भएको प्रगतिचार्ट मार्फत श्री गिरीले देखाउनु भयो । सगुनले सामाजिक संजाल र इकमर्स दुबैलाई जोड्ने छ । अहिले सम्म कुनै कम्पनीहरुले पनि यस्तो समन्वय नगरेको हुनाले सगुन नै पहिलो कम्पनी हुने कुरा गिरीले राख्नु भयो । यसले नयाँ नयाँ र उपयोगी फिचर्सहरु ल्याउदै गरेका भिडियो क्लिप्सहरु समेत देखाउनु भयो ।

    त्यस्तै गरी वेविनारमा सगुनका यूरोप कोअर्डिनेटर तथा सगुन टिमका आइटी बिज्ञ श्री युवा सेडाइले बिश्वबजारमा प्रचलित सोसलमिडियाहरु र इकमर्सका संजालहरुको बिशेषताहरुमाथि प्रकाश पार्दै ती भन्दा सगुन कसरी फरक छ भन्ने बारेमा प्रयोगात्म प्रस्तुती गरेर देखाउनु भयो । एपस्टोर या गुगलप्लेमा गएर सगुन डाउनलोड गर्ने र यसलाई कसरी सहज ढंगले प्रयोग गर्न सकिन्छ भन्दै सगुनले ल्याएका नयाँ फिचर्सहरुको डेमो देखाउनु भयो । बजारमा प्रचलित सामाजिक सन्जालका मिडियाहरु भन्दा झनै आकर्षक र आफ्नो इच्छा अनुसारका फिचर्सहुने भएकोले सगुनको लोकप्रियताबारे कसैले आँकलन गर्न नसक्ने कुरा भिडियोमा देखाउनु भएको थियो । यसमा भएका तीन थोप्लाहरुको बर्णन गर्दै कनेक्ट शेयर र अर्न (सम्पर्क गर बाँड र कमाउँ) भन्ने छुट्टै अवधारणा बोकेको संजालमा लाखौँ प्रयोग कर्ताहरु लाभान्वित भै सकेको कुरा बताउनु भयो ।

    त्यस्तै गरी अमेरिकामा बसोबास गर्दै आउनु भएका नेपालीभाषीहरुमध्धेका सन्सारमै धेरै स्टार्टपकम्पनीका लगानी कर्ता चिन्ता बज्गाईले स्टार्टप कम्पनीहरुको बारेमा आफ्नो अनुभव बाँट्नु भयो । साधा जीवन र ठूलो सपना सजाउनु भएका सक्रिय युवाले स्टार्टपकम्पनीहरुले कसरी प्रगति गरेका छन् भन्ने चर्चा गर्नु भयो । एयर बि एण्ड बीले २००९मा स्थापना भएर २०१० सम्म असहज परिस्थितिको सामना गर्नु परेको थियो । उभर अमेजन युट्यूव फेसबुक इन्सटाग्रामहरु ह्वाट्सएप जस्ता सयौं कम्पनीहरुमा शुरूवाती दिनका लगानी कर्ताहरु आज बिलिनियर बन्न सफल भएका छन् । ती सबै कम्पनीहरुले पनि सगुनले जस्तै असहज परिस्थितिबाट गुज्रनु परेको थियो । हामीले यो सगुनको बारेमा थाहा पाउनु भनेको नेपाली भाषी भएकोले मात्र सहज भएकाले हो । अरु स्टार्टप कम्पनीहरुका शुरुवाती अवस्थामा हामी नेपालीहरुले थाहा पाएनौ । यो अरु स्टार्टप कम्पनीहरु भन्दा छुट्टै भिजन र मिसनका साथ आएको छ ।त्यसैले सगुनमा हामीले लगानी गर्न पाएका हौँ । यो हाम्रो अहोभाग्य हो भन्नु भयो ।

    त्यस्तै पछी अस्ट्रेलियका सगुनका लगानी कर्ता झकेन्द्र शर्माले आफ्नो भनाईहरु राख्नु भएको थियो । सगुनमा सन्सारभरका चारहजार भन्दा बढी लगानी कर्ताहरु रहेकाछन् । झेकेन्द्र शर्मा एकजना सफल एन्ट्रोप्रोनर उधमी र अष्ट्रेलियाका लगानीकर्ता हुन । क्यानडामा भएको २०२०को अन्तिम वेविनारका सहभागीहरुलाई श्री शर्माले सम्वोधन गर्नु भएको थियो । वहाँले आफ्नो लगानीको अनुभव सुनाउने क्रममा २००८ मा बिधार्थिका रुपमा अष्ट्रेलिया आए देखिका अनुभवहरु सहभागीहरुलाई बाँड्नु भयो । नेपालीहरुले ल्याएको सगुनको मिनिआइपियोका बारेमा सुने देखि नै लगानी शुरु गरेको कुरा जानकारी गराउनु भयो । सगुनमा हरेक पल्ट लगानी खुल्दा हरेक पल्ट लगानी गरेको र अझ धेरै लगानी थप्दै जानेकुरा बताउनु भयो ।

    हालमा आएर अझ ठूलो लगानी थपेको कुरा पनि सगर्व सुनाउनु भयो । लगानी गर्दा भावनात्मक सम्बन्ध एकातिर हुन्छ भने लगानीको सुनिश्चित बृद्धि र रिटर्न अर्को तीर हुन्छ । जति बढी रिस्क हुन्छ त्यतीनै बढी ज्ञेन पनि हुन्छ ।अमेरिकामा टेस्ला कम्पनीले शेयर खोल्दाको उदाहरण प्रस्तुत गर्दै त्यसमा लगानी गर्नेहरु आज अरबौंका मालिक बने । टेस्ला चलाउनेहरुले जीवन स्तरमा कुनै परिवर्तन गर्न सकेका छैनन् । बिट्स क्वाइनको उदाहरण दिँदै एक डलर देखि सय डलरहरु लगानी कर्ताहरु करोडपति बनेको र त्यो अवशर पाउँदा पनि लगानी गर्न नमानेकोमा जीवनभर नै ग्लानी हुने गरेको बताउनु भयो । युट्यूव र एमेजनको शेयरको इतिहाँस सुनाउँदै ती कम्पनीका शुरुवाती दिनका लगानी कर्ताहरुको जीवन हामीले परिकल्पना पनि गर्न सक्दैनौ भन्नु भयो । शेयरमा लगानी गरेर नै आफुले मिलियन डलर आर्जन गर्न सकेको र सगुनले आफुलाई विश्वस्त बनाएको कुरा बताउनु भयो । आगामी दिनमा झनै लगानी गर्दै जाने कुरा बताउनु भयो । सगुन कम्पनीले उडान भरी सकेको छ । अब धेरै लगानी गर्नेहरु बिजिनेस क्लासमा सुबिधा सम्पन्न सिटमा जान्छन । कम लगानी कर्ताहरु सामान्य सिटमा बसे पनि एउटै गन्तव्यमा पुग्छन् । अत यो उडानभर्न लागेको जहाजमा लगानी गर्न छुटायौ भने हामी जीवन भरी पछुताउनेछौ । भन्दै लगानी गर्नका लागि आव्हान गर्नु भयो । अमेरिकाका चिन्ता बज्गाईको स्टार्टप कम्पनीको अनुभव कुनै यूनिभर्सिटी र स्कुलहरुमा लाखौँ खर्च गर्दा पनि पढ्न नपाउँने अनुभव हो । यसरी स्वयँसेवी रुपमा सबै अनुभव सुन्न पाउँनु हाम्रो सौभाग्य हो भन्नु भयो ।

    कार्यक्रमका अर्का बक्ता एनआरएनए क्यानडाका पूर्व अध्यक्ष आइसिसी सदस्य सल्लाहकार नवराज गुरुङ हुनु हुन्थ्यो । श्री गुरूङ क्यानडामा मृदुभाषी सामाजिक र शैक्षिक अभियन्ताका रुपमा पनि परिचित हुनु हुन्छ । वहाँले बिभिन्न कम्पनीहरुको उदाहरण दिँदै क्यानडाको करिब एकसय पचार बर्षको इतिहास बोकेको रोयल बैँक अफ क्यानडाको प्रगति बारेमा चर्चा गर्नु भयो । यी धेरै कम्पनीहरुका प्रगतिहरुलाई आफ्नो स्लाइडसो मार्फत चर्चा गर्दै सगुनको उडानका सम्भाव्यताहरु अथाह रहेको प्रश्ट्याउनु भयो । सगुनका मिसन भिजन र यसका अगाडि रहेको खुल्ला आकाशले गर्दा भोली हाम्रो भविष्य सुनिश्चित हुने कुरामा जोड दिनु भयो । सगुन जस्तै स्टार्टप कम्पनीलाई कम्यूनिटीहरुले सहयोग गरेर धेरै सोसल मिडियाहरु सफल भएका इतिहाँसको चर्चा गर्नु भयो । हामी समुदायका नेतृत्व बर्गले पनि सबै समुदायलाई सुसूचित गरेर लगानी गर्न प्रेरित गर्नु र अवशरबारे जानकारी दिनु आवश्यक छ । यस्तो अवशरबाट बन्चित भएमा त्यसले नेपाली समुदायलाई नै दीर्घकालिन घाटा पुग्नेछ । यो कुरालाई सबैले बोध गरेर लगानी गर्नलाई अनुरोध गर्दछु भन्नु भयो । धेरै भन्दा धेरै नेपालीहरुको लगानी हुनु भनेको नेपाल र नेपालीहरु सम्बृद्धी तर्फ उन्मुख हुनु हो भन्नु भयो ।
    त्यस्तै अर्का बक्ता सगुन क्यानडाका अभियन्ता जसले लामो समय सम्म प्राध्यापनको अनुभव सम्हाल्नु भएको थियो । इन्जिनियरकको जीम्मावारीमा रहेर धेरै संरचनाहरुको निर्माण गरेको अनुभव छ । बिष्णु बत्स्याल आध्यात्म र दर्शनको ज्ञाता पनि हुनु हुन्छ । श्री बत्स्यालले सगुनकोबारेमा आफ्नो धारणा राख्नु भयो । सगुनका लगानी कर्ताहरुलाई सगुनको एप्सलाई चलाउन पनि अनुरोध गर्नु भयो । हामी प्रयोग गरेनौ भने हाम्रो दाइत्व र कर्तव्यबाट टाढियौँ भने सगुन रुपी यो अमृत बृक्षले अपेक्षित सुवास दिन सक्दैन ।

    अब हामीले हरेक देश शहर र समुदायबाट यसलाई प्रयोग गर्नु आवश्यकछ । एक घर एक सगुन भन्ने अभियानलाई अगाडि बढाएरमात्र हामी छिट्टै लक्षमा पुग्न सक्दछौ भन्नु भयो । त्यस्तै सगुनको उधेश्यमध्ये सन्सारभरी छरिएर रहेका दक्षता र बौद्धिकतालाई ग्लोबल प्लेटफर्मको नेतृत्वमा ल्याउनका लागि सगुनले सगुन लिडर्सबोर्डको स्थापना गरेको जानकारी दिनु भयो । क्यानडामा रहेका पुराना तथा नयाँ लगानी कर्ताहरुलाई आफ्नो विज्ञता अनुसार संलग्न हुन अनुरोध गर्नु भयो । सगुनको अधिक प्रयोग गरेमात्र लगानी कर्ताको लगानीको मूल्य बृद्धि हुने भएकोले सगुन एप डाउनलोड गरी फाईदा लिन र हरेक दिन प्रयोग गर्नका लागि अनुरोध गर्नु भयो । त्यसले मात्र नेपाल र नेपालीको पहिचान दिन सकिन्छ भन्नु भयो ।

    सगुनको मेरूदण्डको रुपमा रहेको आर्थिक बिभाग सम्हाल्नु भएका कोफाउण्डर कविन्द्र सिटौलाले कार्यक्रमका सहभागी र अभियन्ताहरुको प्रशंसा गर्दै धन्यवाद दिनु भयो । हामी नयाँ नयाँ फिचरहरुलिएर आउँदै छौ । यदी कोही सगुनमा लगानी गर्न छुट्नु भएको छ भने हरेक देशका सगुन प्रतिनिधिहरु सँग सम्पर्क गर्नु होला । केही जिज्ञासाहरु र अस्पस्टताहरु भए हामी सँग फोन इमेलमा प्रश्नहरु गर्नु होला भन्नु भयो । सहभागीहरुबाट आएका महत्व पुर्ण प्रश्नहरुलाई र सगुन टिमका खेमराज पंज्ञानी र यूवा सेडाईले प्रस्ट्यानु भएको थियो । हरेक लगानीमा रिस्क हुनु स्वभाविक हो ।सगुन पनि त्यसबाट अक्षुत हुन सक्दैन तर यसका रिस्कहरु न्यून हुँदै गएको कुरा श्री सिटौलाले जानकारी गराउनु भयो ।
    कार्यक्रमलाई क्यानडा सगुनका संयोजक सुरेन उप्रेतीले संचालन गर्नु भएका सबै लगानी कर्ता सहभागीहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिँदै
    सहभागीहरुका अझै जिज्ञाशाहरु प्रश्नहरु भएमा सोध्नका लागि अनुरोध गर्नु भयो । लगानी गरेको शेयर सर्टिफिकेट लगायत कुनै पनि जानकारीको आवश्यक परे हाम्रो टिम चौविसै घण्टा सम्पर्कका लागि उपलब्ध छ । यदीकोही सगुनमा लगानी गर्न इच्छुक भएर पनि छुट्नु भएको छ भने sagoon.com/ invest मा गएर लगानी गर्न सक्नु हुनेछ भन्नु भयो । जनवरी एकका दिन मनाइने अन्तर्राष्ट्रि टोपी दिवश र नयाँ बर्ष २०२१को शुभकामना दिनु भयो । (क्यानडाबाट सुरेन्द्र उप्रेतिको सहयोगमा तयार रिपोर्ट )