CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • क्यानडाबाट नेपाली युवाले सार्वजनिक गरे बबाल र्याप गित

    क्यानडाखबर संबाददाता – टोरोन्टो क्यानडा ।

    क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा,कुशल बराल र निर्भान श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो ।

    सुघब बन्जराको शब्द तथा लेजी ब्याईको संगित रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको  यो गितमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

    क्यानडाबाट सन्चालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
    पछील्लो समय  हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

    पुरा भिडियोका लागि तल क्लिक गर्नुहोस् :

    भिडियोबारे यस्तो छ कलाकारको धारणा