CanadaKhabar.com

Monday, May 6, 2024 -
  • भर्चुअल माध्यमबाट मनाए क्यानडाका नेपालीहरुले नयाँं वर्ष

    नेपाली क्यानेडियन कम्युनिटी तथा कल्चर सेन्टर ( नेपाल हाउस) तथा एनआरएन क्यानडा ले संयुक्त रूपमा क्यानडामा बसोबास गर्ने नेपाली हरुबिच नयाँं वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको गरेको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको शुभकामना कार्यक्रममा क्यानडामा रहेका संघ संस्थाका प्रतिनिधिहरु, कम्युनिटिका अगुवाहरु उपस्थिती थियो । यसै सन्दर्भमा एनआरएन क्यानडाका पुर्व अध्यक्ष तथा एनसिसीसीका अध्यक्ष ले तयार पार्नुभएको प्रेसनोट :

    नेपाली नयाँ वर्ष २०७८ को आगमन को शुभअवसर मा नेपाली क्यानेडियन कम्युनिटी तथा कल्चर सेन्टर ( नेपाल हाउस) तथा एनआरएन क्यानडा ले संयुक्त रूप मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

    भर्चुअल माध्यम जुम बाट गरिएको उक्त कार्यक्रम मा प्रमुख अतिथि क्यानडा का लागि नेपाली राजदूत महामहिम भृगु ढुंगाना तथा विशेष अतिथि एनआरएन ग्लोबल उपाध्यक्ष बद्री केसी को उपस्थिति रहेको थियो। एनआरएन क्यानडा का मानार्थ सदस्य तथा ग्रेटर टोरोन्टो वरपर रहेका सबै संस्था एवं पत्रकार लाई निमन्त्रणा गरिएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

    एनआरएन का मानार्थ सदस्यहरु ढुण्डिराज पाण्डे, रविन्द्र घिमिरे, प्रमिला बस्नेत, अभिमन्यु बस्नेत, नेपालीहरू को पुरानो संस्था एनसी एनसी का अध्यक्ष सन्तराज भण्डारी महासचिव, वेदनिधि गौतम, एनसीसीएस का अध्यक्ष विदुर केसी, नेपाली जनजाति संघ बाट बीरकाजी गुरुङ, पिएनसिसी बाट सभापति केदार बस्नेत, एनसीएचसी बाट सभापति डा. हरि गुरुङ, मगर संघ बाट संस्थापक एवं पुर्व अध्यक्ष हेम थापा, नेपाली साहित्य समाज क्यानडा बाट अध्यक्ष खेम गुरागाईं, प्रवासी नेपाली एकता मन्च बाट अध्यक्ष रमेश थापा, जनसम्पर्क समिति क्यानडा का अध्यक्ष, सुरेन्द्र खड्का लिलाधर न्यौपाने र दिपक भट्टराई जिपी कोइराला फाउन्डेसन बाट अध्यक्ष तुलसी पौडेल कन्सर्न नेपाल बाट कोअर्डिनेटर डा. तुलसी धरेल, ब्लड डोनर्स एसोसिएसन बाट अध्यक्ष सुरेश गौतम, महिला चौतारी बाट अध्यक्ष गिता शर्मा बागलुङ समाज बाट भवि न्यौपाने, कास्की समाज क्यानडा बाट अध्यक्ष रमेश केसी, गोर्खा समाज बाट अध्यक्ष रश्मी थापा, पत्रकारहरु डा गोविन्द सिंह रावत, जयराम गौतम , एनसीसी एसीसी का पुर्व सचिव मोहन सापकोटा, काप्रि लायन्स क्लब बाट अध्यक्ष भरत पण्डित, एनसीसी एसीसी उपाध्यक्ष वाल चन्द्र श्रेष्ठ, कोषाध्यक्ष भुमिराज घिमिरे बोर्ड अफ डाइरेक्टर मुगाधन राजभण्डारी,डा. पुर्ण कंडेल, मोहन अर्याल लगायत का महानुभावहरु उपस्थित हुनुहुन्थ्यो। एनसिसी एसिसी अध्यक्ष गोपी कृष्ण काफ्ले को सभापतित्व मा सम्पन्न कार्यक्रम महासचिव संगिता जिसी र सचिव नविन लुईटेल ले संयुक्त रूप मा सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रम मा प्रमुख अतिथि क्यानडा का लागि नेपाली महामहिम राजदूत भृगु ढुंगाना ले नेपाली कला संस्कृति पहिचान लाई जोगाउन नेपाली कम्युनिटी सेन्टर जस्ता संस्था को महत्वपूर्ण भूमिका रहेको हुन्छ। नेपाल र क्यानडा का जोड्न पनि एसले सहज भुमिका निर्वाह गर्नेछ।

    विदेश मा रहेका बौद्दिक वर्ग लाई नेपालको विकास मा लगाउनु पर्ने कुरा मा एनआरएन लगायत संस्था ले गरेका कार्यक्रम को प्रसंसा गर्दै कोभिड को समय मा सुरक्षित रहन अनुरोध गर्नुभएको थियो। तेसैगरी शुभकामना व्यक्त गर्दै विशेष अतिथि बद्री केसी ले एनआरएन ग्लोबल का काम र अब छिट्टै हुने एनआरएन को अधिवेशन को बारेमा प्रकाश पार्नु भएको थियो। नेपाल हाउस अर्थात् कम्युनिटी सेन्टर को आवश्यकता जरुरी हुने र रसिया मा नेपाल हाउस २०११साल मा बनेको र क्यानडा पनि बन्न लागेको मा खुशी व्यक्त गर्दै एनआरएन ग्लोबल अध्यक्ष कुमार पन्त ज्यू ले नयाँ वर्ष को शुभकामना पठाउनु भएको जानकारी गराउनुभयो। एनआरएन क्यानडा का अध्यक्ष चिरञ्जीवी घिमिरे ले कार्यक्रम मा प्रमुख अतिथि विशेष अतिथि लगायत सम्पूर्ण अतिथि लाई स्वागत मन्तव्य व्यक्त गर्दै एनआरएन क्यानडा को गतिविधि प्रकाश पार्नु भएको थियो। नेपाल र क्यानडा को राष्ट्रिय गान पश्चात् एनसिसी एसिसी का सभापति तुलसी सापकोटा ले संस्था को स्थापना गर्नु को उद्देश्य र अहिले सम्म भएका गतिविधि माथि प्रकाश पार्नु भएको थियो भने बोर्ड अफ डाइरेक्टर सुमन लम्साल ले भावी कार्यदिशा का बारेमा प्रकाश पार्नु भएको थियो।

    कार्यक्रम मा उपस्थित सबै अतिथि हरु ले नयाँ वर्ष को शुभकामना तथा कम्युनिटी सेन्टर (नेपाल हाउस) आवश्यकता का बारेमा आफ्ना मन्तव्य राख्नु भएको थियो। एनसीएचसी का सभापति डा. हरि गुरुङ ले एक्लै एक्लै गएर हामी सोचे जस्तो लक्ष्य मा पुग्न असम्भव हुने भएकाले सबै मिलेर जानुपर्ने मा जोड दिनुभयो। तेस्तै जिपि कोइराला फाउन्डेसन का अध्यक्ष तुलसी पौडेल के समाज मा हुने गरेका अवान्छित गतिविधि नक्कली किर्ते काम लाई रोक्नु पर्ने र एक दुई व्यक्ति का कारण पुरै समाज बदनाम गर्न नहुने बरु तेस्ता लाई कानून दायरा मा ल्याउनु पर्ने र एनआरएन ले नेतृत्व लिदैं एस्ता प्रवृत्ति विरुद्ध काम गर्न सुझाव दिनुभयो भने सोही प्रकार को मेसेज एनआरएन क्यानडा का पुर्व उपाध्यक्ष प्रसन्न मान श्रेष्ठ को समेत रहेको थियो।

    गोरखा समाज अध्यक्ष रश्मी थापा ले एकैपटक पटक चन्दा दिनु भन्दा महिनैपिच्छे सहयोग गर्दा दिनेलाई पनि सहज हुने र योजना पनि सफल हुने विश्वास व्यक्त गर्दै आफुले शुरु गरिसकेको जानकारी दिनुभयो। करिब तीन घण्टा चलेको थियो। कार्यक्रम को अन्त मा नयाँ वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना र अमुल्य समय दिएर कार्यक्रम उपस्थित भइदिनुहुन भएको मा प्रमुख अतिथि, विशेष अतिथि , अतिथिहरु आइटी वसन्त थापा लगायत सम्पूर्ण लाई धन्यवाद दिदै सभापति गोपी कृष्ण काफ्ले कार्यक्रम विसर्जन गर्नु भएको थियो।