CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • एनआरएनएन क्यानडाको सदस्यता आवेदन खुल्ला, पांच हजार सदस्य बनाउने लक्ष्य

    क्यानडाखबर डेस्क ।

    गैर आवासिय नेपाली संघ क्यानडाले संस्थाको साधारण सदस्यता लिन क्यानडा बस्ने नेपालीहरुलाई आव्हान गरेको छ । आफ्नो ठेगाना खुल्ने परिचय सहितको पुरा विबरण उल्लेख गरी एनआरएनए क्यानडाको वेबसाइट मार्फत सदस्यता लिन सकिने संस्थाले जनाएको छ ।

    आउदो मे महिनाको अन्तिम सम्म सदस्यता लिन सकिनेछ । अघिल्लो बर्ष क्यानडाभर २३५६ जना नेपालीहरुले साधारण सदस्यता लिएका थिए भने अहिले सम्म एनआरएन क्यानडाको आजीवन सदस्यहरुको संख्या ३१० पुगेको अध्यक्ष चिरन्जिबी घिमिरेले जानकारी दिए ।

    उनका अनुसार यो पटक ५००० सदस्य बनाउने लक्ष्य संस्थाको छ । ‘एनआरएनएको निर्वाचनमा अब कुनै पनि गैर आवासिय नेपाली मतदानबाट बन्चित हुने छैन । सदस्यता र निर्वाचन प्रणाली सहज र ब्यबस्थित बनाउन गृहकार्य गरिरहेका छौ ‘ उनले भने ।


    न्युनतम ६० जना सदस्य भएपछी हरेक प्रोविन्सले १ जना प्रतिनिधि एनसिसीमा पठाउन सक्नेछन् । त्यस्तै गरी हरेक सिटिमा १ सय सदस्य हुँदा १ जना, तीन सय सदस्य हुँदा २ जना र ९०० सदस्य हुँदा ३ जना सम्म प्रतिनिधि छनोट गर्न सकिनेछ । यो पटक क्यानडाले आफ्नो कमिटिबाट २१ जना एनसिसी सदस्य केन्द्रमा पठाउनेछ ।

    तलको लिङ्कमा क्लिक गरी एनआरएनएको सदस्यता लिना सकिनेछ ।