विश्वास लामा
‘द भ्वाइस अफ नेपाल’ यति बेला नेपालमा धेरै चर्चामा रहेको एक मात्र रियालिटी सो रहेको छ ।त्यसो त अन्य रियालिटी सो हरूको पनि उति नै चर्चा छ तर,तुलनात्मक हिसाबले हेर्ने हो भने ‘द भोईस अफ नेपाल’ अग्रपंक्तिमा रहेको छ ।
आज हामी यसै द भोईस अफ नेपाल सिजन ३ को एउटा यस्तो प्रतिस्पर्धीको कुरा गर्ने छौ जो यो सिजनमा धेरै चर्चामा रहे त्यो नाम हो किरण गजमेर द भोईस अफ नेपाल सिजन ३ को ब्लाइण्ड अडिसनमा किरणले चारै जना कोचहरूलाई आफु तिर फरकाउन सफल भएका थिए भने ब्लाइण्ड अडिसन हुदै अनिनक आउट पार गर्दै यति बेला लाईभ राउण्डमा पुगि सके पछि दर्शकहरू कै भोटले गर्दा किरण अहिले टप ८ मा पुग्न सफल भएका छन् किरणको पृष्ठभूमि हेर्ने हो भने किरणको जन्म झापाको खुदनाबारी शिविरमा भएको थियो ।

कालो घेरा भित्र किरण गजमेर ।
आज हामी किरणको आम दर्शकले थाहा नपाएका केही कुराहरूको चर्चा गर्दैछौ
किरणले आफ़नो गायन यात्रा सानै हुदा देखी सुरुबात गरे, त्यो अभाबै अभाव बिच पनि किरणले आफ्नो गायन यात्रालाई पूर्ण विराम लगाएनन् । किरणले बाल मंचले प्रकाशनमा ल्याएको बाल कोसेली भाग १ र बाल कोसेली भाग २ नामक बाल गीति एल्बममा आफ्नो आवाज़ दिई सकेका थिए। सानै उमेरमा गाउन सिपालु किरण गाउन मात्र हैन गितार,तबला लगायत अन्य बाजागाजा बजाउन उतिनै सिपालु थिए ।
सुरुबाती दिनहरूमा किरणले एक दर्जन भन्दा बढी नाटकमा अभिनय साथै निर्देशन पनि गरे साहित्यमा पनि किरण उतिनै अग्रसर थिए केही पुस्तकहरूमा पनि किरणले आफ्नो सृजना छपाएका छन् । यति बेला धेरै आम दर्शकहरूले किरणले जित्ने अपेक्षा राखेका छन् ।

किरणलाई जिताउन यति बेला अमेरिकामा मात्र नभएर, क्यानाडा लगायत अन्य देशहरूमा भोट फर किरण भन्दै आर्थिक सहयोग, प्रचारप्रसारका अभियानका साथै बिभिन्न नेपाली पसलहरूमा किरणलाई साथ दिन पोस्टरहरू टासिएको छ ।
नेपालमा पनि किरणका समर्थकहरूले र्याली समेत निकालेका थिए । के यसपालीको सिजनमा किरणले जीतको ताज लिएर अमेरिका फ़र्किन्छ त ? त्यो हेर्नबाँकी छ तर, हाम्रो क्यानाडा खबर टिम किरण लगायत सम्पूर्ण प्रतिस्पर्धीहरूलाई शुभकमाना दिन चाहान्छ ।
(क्यानडाखबरका संबाददाता विश्वास लामा बाल्यकाल देखिका गजमेरका साथी हुन् )
