CanadaKhabar.com

Friday, May 10, 2024 -
  • सुरक्षा सेन्चुरी ‘तीजको रमझम’ लिएर आउंदै

    विश्वास लामा

    नेपाली भाषी भूटानी गीतकार धर्मेन्द्र तिम्सिना क्षितिज द्वारा लिखित ‘तीजको रमझम’ बोलको तीज बिसेष गीत यही आउंदो सोमबार दमानस क्रियशन युटुब च्यानल मार्फत सार्वजनिक हुने भएको छ ।

    गीतमा आवाज ‘द भ्वाइस अफ नेपाल सिजन ३’ मा चर्चा कमाएकी सुरक्षा सेन्चुरीको रहेको छ । उक्त गीतलाई संगीत बिकास चौधरीले दिएका हुन । यो गीतका एरेन्जर संजय हमाल रहेको छ भने गीतको छायांकन शिव ढकालले गरेका हुन । म्युजिक भिडियोको सम्पादनमा बीरबहादुर थारु रहेको छ । गीतलाई उषा मलाहा ‘सिम्रन’ ले निर्देशन गरेकी हुन् ।

    रमझम शैलीमा तयार गरिएको तिजको गीतमा हामीले चर्चित मोडेल तथा नायिका अनु शाह र सिमा चौधरीलाई देख्न सक्छौ । यो गीतका गीतकार क्षितिजले हाल सम्म धेरै नेपाली गजल बिधामा, कविता बिधामा अनि रुबाई बिधामा पनि पुस्तकहरू निकाली सकेका छन् ।