CanadaKhabar.com

Friday, May 10, 2024 -
  • डायस्पोरामा उदाऊदै गरेको एउटा प्रतिभा नरमान राई

    विश्वास लामा – क्यानडा ।

    साहित्य, संगीत अनि कला साचै जीवनलाई नजिकबाट बुझ्ने एउटा माध्यम हो भन्दा फरक नहोला , हरेक व्यक्तिहरूमा कुनै न कुनैप्रतिभा लुकेको हुन्छ,आफु भित्र रहेको प्रतिभालाई आफैले चिन्न जरुरी छ यदि आफुले चिन्न सकिएन भने अरुलाई चिनाउन पनिसकिन्दैन । यदि जीवनलाई कलात्मक बनाउन सके जिवन हुनुको अर्थ हुन्छ नत्र त क्यकटस जस्तो ज़िन्दगी बाच्नु पर्छ ।

    त्यसो त मान्छेको जिन्दगी फुल जस्तै हुन्छ आफु भित्रै काडा आफु भित्रै सुन्दरता मतलब सुख अनि दुःखको परिपुरक, हरेक मान्छेहरूले आफ्नो प्रतिभाको माध्यमबाट आफु भित्र रहेको कुरालाई व्यक्त गर्छन । आज म यस्तो एउटा प्रतिभाशाली व्यक्तिको कुरा गर्न जादैछु । नेपाली आमदर्शकहरूमा यो नाम नौलो हुन सक्छ तर, नेपाली भाषी भूटानी समुदायमा भने यो नाम पक्कै नौलो हैन ।

    नरमान राई नेपाली आमदर्शकहरूमा संघर्ष गरी रहेको एउटा प्रतिभा भन्दा फरक नपर्ला । झापाको गोलधाप शरणार्थी शिविरमा जन्मिएका राई हाल स-परिवारअमेरिकामा बस्दै आएका छन । नेपाली माटो मै हुर्किए तर, बिडम्बना गर्वले ‘नेपाली हु’ भन्न पनि राईसंग नेपाली नागरिकता थिएन ।

    हालअमेरिकाको नागरिक भई सकेका छन तर, पनि मनमा नेपाली पन अनि नेपाली मन साथै नेपाली धर्म संस्कृति बचाउनु पर्छ भन्ने राईको बुजाई छ । सानै उमेरमा नृत्य कला भने पछि हुरुकै हुने आफु पनि सिक्ने अनि अरुलाई पनि सिकाउने दिनचर्या नै बनेको थियो । शरणार्थी शिविरमा छदै राईले विभिन्न नृत्य कला प्रतियोगितामा भाग लिएर आफुले पुरस्कार पाएको कुरा समझन्छन ।

    दुःख त थियो तर, त्यहि दुःखले गर्दा आफुमा निखारता पाएको अनुभव छ राईमा लामो समय शरणार्थी जिवन बिताएका राई हाल अमेरिकाको एक्रोनसिटी ओहाइयोमा बस्छन । नेपाल छोडे पनि राईले आफु भित्र रहेको प्रतिभा छोड़न सकेन । जहाँ पुगे पनि नेपाली भाषा संस्कृति अनिनेपाली कलालाई भुल्न सकेन ।

    फल सरूफ राईले अमेरिकामा एउटा डान्स स्कुल समेत खोलेका छन जसको नाम रहेको छ RBNK DANCE STUDIO (आरबाट राधा, बिबाट बाल, एनवाट नृत्य, केवाट केन्द्र हुन्छ ) राई सो डान्स स्कुलका संयोजक समेत हुन । सोस्कुलमा बालक, युवा, अधबैँसे समूहका समेतलाई विभिन्न विधाका नृत्यहरू सिकाइन्छ । कथक, उर्बान, हिपअप, साल्सा, कनटेम्प्रोअरी, फ्रिस्टाइल आदि समतेलाई यहाँ प्रशिक्षण दिइन्छ राई बताउँछन् । नृत्यकार राईले हाल सम्म एक दर्जन भन्दा बडी गीतमा कोरियो ग्राफी अनि निर्देशन गरेका छन् अनि चार वटा गीतमा आफैले खेलेका पनि छन ।

    अमेरिकामा भएको मेरो डान्स कप युएसएको सिजन तिन रचार समेतमा जजको भूमिका निभाएका थिए । वार्षिक रूपमा हुने डान्स रियालिटी सो हाल कोरोनाको कारण बन्द भएको छ । नृत्यनिर्देशनमा आफुलाई स्थापित गराउन धेरै मेहनत गरी रहेको छु राई बताउँछन् । डान्स यस्तो माध्यम रहेछ जसबाट हामीले हामी भित्र भएको फ्रस्टेसनहरू ईमोसनहरू, पिडाहरू अनि खुसिहरू पोख्न सक्छौ देखाउन सक्छौ ।

    नृत्य निर्देशनमा लागी परेका राईले डायस्पोरामा रहेर पनि आफ्नो नेपाली पन नेपाली कला संस्कृतिलाई कही न कही योगदान दिई रहेका छन । नृत्य कला सिक्न चाहानेहरूलाई सिकाईरहेका छन । नयाँ प्रतिभाहरूलाई प्लाटफर्म दिई रहेका छन । यि होनहार प्रतिभालाई हामीले सम्मान गर्नु पर्छ । भोलीको दिनमा हामीलेराईको नाम नेपाली कला क्षेत्रमा अग्रपंक्तिमा देख्न पाउछौ भन्ने आशा गरेका छौ