CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • क्यानडामा हुने ‘नेपाल नाइट’ को तयारी पुरा

    क्यानडाखबर संबाददाता । टोरोन्टो – क्यानडा

    नेपाली क्यानेडीयन कम्युनिटी तथा कल्चर सेन्टर (नेपाल हाउस) र नेपाली कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी) ले गर्ने सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ ।


    नेपाल हाउस निर्माणको सहयोगार्थ डिसेम्बर ३१, ‘न्यु इयर इभ’ मा टोरन्टोको मिसिसागा स्थित एक पार्टी हलमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम ‘ नेपाल नाइट’ मा विभिन्न सांस्कृतिक विधाका प्रस्तुतिहरु हुने आयोजक संस्थाले जनाएको छ ।

    कार्यक्रमको बिशेष आकर्षकका रुपमा नेपालबाट लोक गायिका भूमिका गिरी क्यानडा आईसकेकी छिन् । उनले आफ्ना चर्चित गीत चोली मैलैभो, तारा संगै जुन,फिक्का चिया लगायतका गीत गाउने छिन् भने अन्य स्थानिय कलाकारहरुले विभिन्न विधामा आफ्नो प्रस्तुती दिने तयारी गरिएको छ ।

    नेपाली कम्युनिटी हाउस निर्माणको सहयोगार्थ आयोजना गरिएको यो कार्यक्रम उपस्थित भइदिन संस्थाका अध्यक्ष गोपीकृष्ण काफ्लेले जिटिएबासी नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

    शुक्रबार सांझ मिसिसागा स्थित ताज बेंकट हलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन क्यानडा सरकारले तोकेको मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाण र मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने आयोजकले जनाएको छ ।