CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • एनआरएनए क्यानडाको नयां नेतृत्वको लागि डा. पाठकको उम्मेद्धारी

    दोहोरो नागरिकता, निशुल्क सदस्यता र संस्थागत राजनीतिको अन्त्य नै मुख्य एजेण्डा


    क्यानडाखबर संबाददाता – टोरोन्टो ।

    गैर आवासिय नेपाली संघ क्यानडाको केही दिनमा हुन गइरहेको प्रत्यक्ष निर्वाचनका लागि अहिले उम्मेद्धारी दिनेहरुको संख्या बढ्दै गएको छ । क्यानडामा पहिलो पटक प्रत्यक्ष निर्वाचन हुंदै छ । यसअघिको तुलनामा यसपटक धेरै जसो नयां अनुहारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा भाग लिदै छन् ।

    यसअघिका धेरैजसो नेतृत्वहरु नेपाली समुदायको बाक्लो उपस्थिती रहेको ओन्टारियोका मुख्य शहरहरु टोरोन्टो, स्कारवोरो, मिसिसागा र ब्राम्पटनबाट नै चुनिएका थिए । तर प्रत्यक्ष निर्वाचन प्रणाली लागु भएसंगै क्यानडाका विभिन्न प्रान्तबाट पनि उम्मेद्धारी आएका छन । यसै क्रममा ओन्टारियोका उत्तरी शहर थण्डर वे निवासी डा. लक्ष्मी पाठकले आगामी नयां नेतृत्वका लागि उम्मेद्धारि दिनु भएको छ ।

    जूम मार्फत पत्रकार सम्मेलन गरि आफूले अध्यक्षको लागि उम्मेद्धारि दिएको जानकारि गराउनुभयो । भच्र्युअल सम्मेलनमा क्यानडाका स्थानीय पत्रकारहरु, समाजसेवी र नेपाली समुदायका अगुवाहरुको उपस्थीति रहेको थियो । आफ्नो उम्मेद्धारी घोषणा गर्दै डा. पाठकले क्यानडामा वसोवास गर्ने नेपाली समुदायको छाता संगठन एनआरएनएलाई याहांका नेपालीहरुको समस्या सम्बोधन गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभयो । उहांले सदस्यता वितरण बापत लिइने शुल्क निशुल्क गर्न सकेमा क्यानडामा रहेका धेरै नेपाली समुदाय संस्थासंग आवद्ध हुनसक्ने भन्दै अवका दिनमा निशुल्क सदस्यता वितरण गर्ने आफ्नो योजना रहेको पनि स्पष्ट पार्नु भयो । साथै उहांले दोहोरो नागरिकताका लागि आफूले नेपाल सरकारसंग कडारुपमा पहल गर्ने भन्दै यसकै कारण गैरआवासीय नेपालीहरुले आफ्नै देश जांदा पनि विभिन्न समस्याहरु झेल्नु परेको बताउनुभयो ।
    के डा.पाठक एनआरएन क्यानडाले खोजेको खोजेको व्यक्ति हुन त ?
    पूर्वी नेपालमा जन्मिएर नेपालका विश्वविद्यालयहरुमा प्राध्यापकको रुपमा लामो समयसम्म काम गर्नुभएका डा. पाठक सन् २०१० मा क्यानडा आउनुभएको थियो । त्यसपश्चात उहां एनआरएनए क्यानडाको सल्लाहकार र क्यानडा र क्यानडा वाहिरका मुलुकमा भएका विभिन्न विज्ञ सम्मेलनमा डा. पाठकले संयोजकको रुपमा आफ्नो शसक्त भूमिका निर्वाह गर्नुभएको थियो । सन् २०१८ मा एन आर एन ए क्यानडाले आयोजना गरेको उत्तर अमेरिकी Knowledge Sharing Conference को संयोजक भएर सफलतापूर्वक सम्पन्न गरेको अनुभव पनि उहांसंग छ । यति धेरै नेतृत्वदायीक भूमिका निर्वाह गरिसक्नु भएका डा. पाठकको उम्मेद्धारीले फरक शैलीको नेतृत्व आउनेमा धेरैजना विश्वस्त देखिन्छन् । त्यसो त यति धेरै क्यानाडेली समुदाय र संस्थाहरुमा पनि उहांको राम्रो अनुभव छ, उहांले बताउनुभए अनुसारको अनुभव जस्ताको त्यस्तै याहां राखिएको छ ।

    • Over 30 years of professional work experience with various capacities
    • VP, NRNA NCC Canada 2015-2017, and advisor
    • Advisor/presenter, First knowledge conference (2018, San Francisco)
    • Coordinator, NRNA NCC Canada Thunder Bay AGM.
    • Convenor, Regional Knowledge Sharing Conference (2020, Toronto).
    • Professional Contributions (university teacher, researcher, author, educator,
    coordinator, trainer,
    Administrative lead)

    • CUPE vice-president, OUWCC campus rep., Senate member, student
    ambassador
    • Community involvement (local organization lead and advisor, initiated,
    managed and launched
    Dozens of events in Thunder Bay)
    • Currently, lecturer, in the Faculty of Education, Lakehead University, Thunder
    Bay

    सि यू पि ई को उपाध्यक्ष, ओ यू डब्ल्यू सि सी क्याम्पस लगायत दर्जन बढि क्यानडियन संघसंस्थाहरुमा उहांको भूमिका निकै महत्वपूर्ण थियो । थण्डर वे को लेकहेड युनिभरसिटीबाट विद्यावारिधी गर्नु भएका डा. पाठक अहिले सोही युनिभर्सिटीमा प्राध्यापक हुनुहुन्छ ।

    एउटा वौद्धिक व्यक्तित्व डा. लक्ष्मी पाठकको उम्मेद्धारी आएसंगै एनआरएनए क्यानडा प्रति जनमानसमा देखिएको नकरात्मक विचार पछिल्ला दिनमा विस्तारै हट्दै जाने केहि व्यक्तिहरुको विस्वास छ । स्थानिय केही व्यक्तिहरुले संस्थाभित्र भित्री राजनीति सलवलाउदै आएको भन्दै डा. पाठक निर्वाचित भएमा यसको अन्त्य हुने र समुदायको हितका लागि डटेर काम गर्न सके मात्रै पनि एनआरएनको छवि राम्रो हुने अपेक्षा राखेका छन् । उनी भन्छन्, यहां झोलुडे. पूल बनाउनु पर्दैन, पानी ल्याउनु पर्दैन, मात्रै नेपाली समुदाय प्रति नेपाल सरकारले गरेको फोहोरी राजनीतिलाई हटाएर हामी पनि नेपाली हौं भन्ने बनाइदिए मात्रै हुन्छ । डा. पाठकको यो उम्मेद्धारीलाई नेपाली क्यानडेली समुदायले निकै महत्वपूर्णका साथ पनि हेरेको देखिन्छ ।

    यस्तै गरी एनसिसी अध्यक्षका लागि क्यालगरीबाट माधव दुलाल र ब्राटोनबाट शान्त राजभन्डारी, एडमन्टनबाट लक्ष्मण अधिकारीले आफ्नो फेसबूकबाट सार्वजनिक गरिसकेका छन् ।

    यस संगै अहिले सम्म जानकारिमा आए अनुसार एनआरएनए क्यानडाको कार्यसमितिका लागि ब्रिटिस कोलम्विया भिक्टोरियाबाट प्रदिप मरहट्टा, भ्यानकुवरबाट नमु चौलागाइ, अलवर्टाको क्यालगरिबाट कल्पना ढकाल,सन्तोष दाहाल,प्रिन्जिया ढुङ्गेल, एडमन्टनबाट सुरज अधिकारी, ओन्टारियोको नायग्रा क्षेत्रबाट विजय लम्साल, ब्राम्पटनबाट जगन सापकोटा, सविना खड्का, कमल ज्ञावली र राम क्षेत्री लगायतले आफ्नो उम्मेद्बारी दिइसक्नु भएको छ ।