क्यानडाको ग्रेटर टोरोन्टोमा रहेका महिलाहरुको संस्था महिला चौतारीको चौथो साधारण सभा सम्पन्न भएको छ ।
प्रवासमा नेपाली महिलाको विकास र ससक्तिकरणका लागि सकृय रुपमा काम गर्दै आएको यो संस्था नयाँ नेत्रित्व पनि तयार गरेको छ ।
आगामी दुई वर्षका लागि संस्थाको अध्यक्षमा दुर्गा अधिकारी चयन भएकी छिन्। त्यस्तै गरी चेयरमेन अम्बिका ज्ञवाली, उपाध्यक्षमा शान्ता रायमाझी थापा, महासचिवमा इन्दिरा भण्डारी र कोषाध्यक्षमा चन्द्रा खत्रीलाई चयन गरिएको छ ।
त्यस्तै, सबिना खड्का,अम्बिका श्रेष्ठ, लीला शाही, सङ्गीता अधिकारी, सरिता पन्त र राधिक घिमिरे बोर्डको सदस्यमा चयन गरिएको छ । संस्थाको कार्यक्रम संयोजकको रूपमा विजया थापालिया, संरक्षकको रूपमा गीता दवाडी ढकाल र सल्लाहकार गीता शर्मा लाई तोकिएको छ ।
संस्थाको निर्वाचनप्रक्रिया सफल र निष्पक्ष बनाउन प्रमुख निर्वाचन आयुक्त प्रमिला बस्नेत तथा आयुक्तहरू सरस्वती ओली र इन्दिरा रिजालले सहयोग पुर्याएका थिए ।
‘नयाँं टिम बनेको छ अब छिट्ट्टै नयाँं र प्रभाबकारी कार्यक्रम सहित सबै नेपाली समुदायका महिलाहरु समेट्ने छौ’ नब निर्वाचित अध्यक्ष दुर्गा अधिकारीले बताईन ।

