CanadaKhabar.com

Monday, December 15, 2025 -

NRNA सदस्यताको मापदण्ड के हो र कसलाई दिने ?

गोपीकृष्ण काफ्ले।

२००३ सालमा युकेबाट सुरु भएको एनआरएनए अभियान अहिले आएर नब्बे भन्दा बढी मुलुक मुलुकमा पुगिसकेको छ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको यो संस्थाले धेरै आरोह अबरोह गर्दै आजको दिन सम्म २२ वसन्त पार गरिसकेको छ ।
नेपालीलाई सम्बन्धित मूलुकमा र जन्म भुमी तर्फ के कस्ता सहयोग गर्न सकिन्छ र नेपाल संगको सम्बन्धलाई कसरी दीर्घकालिन बनाउन सकिन्छ भन्ने हेतुले नै यसको स्थापना गर्न प्रेरणा मिलेको हो । विदेशमा सिकेको ज्ञान र आर्जन गरेको धनलाई समेत मातृभुमी तर्फ आकर्षित गराएर सम्वृद्द नेपालको महत्वाकांक्षालाई साकार पार्ने तर्फ पनि एनआरएनएको उद्देश्य हुँ बहु मेल खान्छ । अभियान अहिले आएर नब्बे भन्दा बढी मुलुक मुलुकमा पुगिसकेको छ ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल नेपालीलाई सम्बन्धित मूलुकमा र जन्म बेला बेलामा हुने गरेका राजनैतीक चलखेल परिवार मोह र सत्ताको दुरुपयोग समेतले एनआरएनएको समग्र विकास मा बाधक बन्दै एसको द्रुत गतिलाई ब्रेक लगाउने काम हामी सबैले देखे भोगेको हो । नेपाल सरकारको मातहतमा दर्ता भएपछि यसले अझै लोकप्रियता कमाउन थालेको सबैलाई सर्वविदितै छ ।
नेपाल र नेपालीका लागि एवं सम्बधित देशमा समेत नेपालीका लागि सुख दु:खमा समेत साथ दिदै आएको एनआरएनएको ईतिहास हेर्दा यसले गरेका कामले नेपालमा धेरै सकारात्मक प्रभाव परेको देखिन्छ । एति धेरै राम्रो काम गरेको संस्थामा बिबाद रहित तबरले सदस्यता वितरण हुनु पर्नेमा पटक पटक सदस्यता वितरण बग्रेल्ती समस्या परिरहन्छन् ।

सदस्यताको मापदण्ड के हो र कसलाई दिने ?

सामान्यतय शुरुमा करिब ६ महिना जति सम्बन्धित मुलुकमा बसेको ब्यक्तिले सदस्यता लिन पाउने प्रावधानमा पछि दुई बर्षको मान्यता नेपाल सरकारले थपेको पाईन्छ । त्यसैलाई आधार मानेर कतिपय देशले सदस्यता वितरण गरेको देखिन्छ ।क्यानडाको हकमा अघिल्लो पटक मतदान गर्ने लाई समेत यो पटक वंचित गरिएको छ। नेपालीहरुलाई मात्र वितरण गरिने यो सदस्यता अरु देशकाले लिन चासो देखाउन पनि हुँदैन र सदस्यता दिन पनि हुँदैन । विधानमा नै नेपालीहरुलाई मात्र भनिए पछि अरुले पाउने कुरा पनि भएन, तर विडम्बना केही समययता क्यानडा लगायतका मुलुकहरुमा गैर नेपालीलाई समेत सदस्यता दिईएको पाइएको छ ।
२०१३-२०१५, २०१५-२०१७ मा समेत क्यानडामा नेपाली मुल भन्दा बाहिरकालाई सदस्यता दिईएको कुरा सार्वजनिक भए पछि त्यसले निर्वाचन तालिकामा समेत अवरोध गर्ने र उनिहरुको सदस्यता खारेजी पछि मात्र चुनाव भएको ताजा ईतिहास छ ।तत्कालिन निर्वाचन अधिकृत र सम्बन्धित पक्षलाई यो कुरा जगजाहेर नै छ ।


ईतिहास फेरी दोहोर्याउदै यो पटक अझ धेरै नेपाली भन्दा फरक मुलका मनिसलाई सदस्यता दिएको समाचारले ब्यापकता पाएको छ । क्यानडाको कुनै पनि प्रान्त वा शहरमा अमुक ब्यक्तिलाई जिताउन विधी र विधानलाई मिच्दै सदस्यता दिने हो भने यसको औचित्य के हुन्छ ? नेपालीहरु यता आएको ४-५ वर्ष भईसक्दा पनि कागजको तथा अन्य बहानाबाजी गर्दै सदस्यता नदिने तर विदेशीलाई यो संस्थामा ल्याएर सदस्य बनाउनुको अर्थ के हो ?

खैर उनिहरु नेपाली नभएर छानविन को क्रममा अरु देशका फेला परे भने पनि उनिहरुलाई कानुनी दायरामा पक्कै ल्याइने छ, तर यस्तालाई सदस्यता वितरण गर्न उकास्ने सदस्यता दिनलाई आँफै जाने र पराइ मुलुकको हो भन्ने जान्दा जान्दै पनि सदस्यता वितरण गर्ने तथा भेरीफिकेशनमा समेत आफैले बनाएका एस्ता सदस्यता चेक नगरी प्रमाणित गरियो भने यसको मुख्य जिम्मेवारी अहिलेको नेतृत्व र एनआरएनएका सम्पूर्ण बोर्ड सदस्य एवम् भेरीफिकेशन टिमले लिनु पर्ने हुन्छ ।

खास सदस्यता पाउन पर्ने योग्य नेपालीहरुलाई अनेकौ खोट देखाएर सदस्यता लिनबाट बन्चित गर्ने तर विदेशीको पाउ मोल्दै सदस्यता दिने हो भने यो कूकृत्य को भण्डाफोर गर्न केन्द्रिय कार्यलयसम्म लैजानु पर्ने हुन्छ र नेपाली मुलभन्दा बाहिरकालाई सदस्यता दिने वर्तमान बोर्ड सदस्य यसका भागीदार हुनेछन् र तिनिहरू लाई सदस्य दिलाउने लाई र प्रमाणित गर्ने लाई समेत निर्वाचन प्कृया मा सामेल नगराउने गरि निर्वाचन मण्डल लाई जानकारी दिनु पर्छ। निर्वाचन मण्डल ले समेत समयमै यस तर्फ सोचोस न कि पछि यसै का कारण बाट अबरोध सृजना नहोस । रोचक कुरा त के छ भने अघिल्लो चुनाव मा आफैले यी यी व्यक्तिहरू नेपाली होईनन् भनेर निवेदन दिने व्यक्ति ले नै तिनैलाई अहिले आफैले सदस्यता वितरण गरेका छन्।

एनआरएन को वर्तमान नेतृत्व र पुरै टिम ले आफ्नो -आफ्नो निर्वाचन क्षेत्र मा भएका एस्ता विधान विपरित का कार्य लाई समयमै सच्याउने काम गरोस् । त्यो तपाईहरूको कर्तव्य र अधिकार पनि हो । अर्को एक प्रसंग केहि निर्वाचन क्षेत्र मा भरखर आएका विध्यार्थी लाई समेत आफै सदस्यता दिने र भरिफिकेसन मा टिम मा वसेर अरू लाई थाह नै नदिईकन आफैले प्रमाणित गर्ने काम धमाधम भएको छ ।

फेसबुक मा म नै स्वच्छ र निस्कलंक भनेर नानाथरी पोष्ट गर्ने हरू पनि यो धन्धामा लागेको प्रष्टै छ । उदाहरण का लागि मैले चिनेका केहि सदस्य ब्राम्टन,स्कारबोरो र लण्डन मा देखिएका छन् ।(आवश्यक पर्दा निर्वाचन मण्डल ,भेरिफिकेसन कमिटी वा अन्यत्रलाई चाहिए म संग प्रमाण छ ।) कसैलाई काखा र कसैलाई पाखा गर्ने कूनियत तत्काल बन्द गरी नियम भन्दा बाहिर का लाई लिष्ट बाट हटाउन ढिला नगरौ । जो सुकै भएपनि ती सवैलाई शक्त कारवाही को दायरा मा समेटौ । बेलैमा चेतना भया।



लेखक एनआरएनए को संथापक एवम् क्यानडाको पूर्व अध्यक्ष हुनुहुन्छ ।