समिक्षा कार्की
महिला उपाध्यक्ष उम्मेदवार, एनआरएनए क्यानडा ।
क्यानाडा जस्तो सम्भावनायुक्त देशमा बसेर, हामी नेपालीहरूले आफ्नो पहिचान, मूल्य र संस्कृति जोगाउँदै अघि बढ्नु आवश्यक छ। म समिक्ष्या कार्की, विगत केही वर्षदेखि Alberta मा अवस्थित एक Immigration Law Form मा Human Resources Manager को रूपमा कार्यरत छु। मेरो यो पेशागत यात्रासँगै मैले सामाजिक क्षेत्रमा पनि सक्रियता जनाउँदै आएकी छु। मैले केवल Alberta भित्र मात्र होइन, क्यानडाका विभिन्न प्रान्तहरूमा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै आपतकालीन सहयोग, महिला सशक्तिकरण, र सामाजिक सेवाका अभियानहरूमा उल्लेखनीय भूमिका निभाएकी छु।
हालै मैले Toronto Nepali Sports Club (TNSC) द्वारा आयोजित “TNSC Sports Festival and Veterans Cup” मा Title Sponsor को रूपमा आर्थिक सहयोग गर्न पाएकोमा गर्व महसुस सकेकी छु । यसले मेरो योगदान केवल शब्दमा सीमित नरही व्यवहारमा पनि निरन्तर जारी छ भन्ने स्पष्ट देखाउँछ। यस्तो सहयोग भविष्यमा अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढाउने छु ।
म विश्वास गर्छु — सामाजिक परिवर्तन शब्दले होइन, कामले मात्र सम्भव हुन्छ, र म “म गर्न सक्छु” भन्ने आत्मविश्वाससँगै अगाडि बढेकी छु।

क्यानाडामा महिला र किशोरीहरू आज पनि मानसिक स्वास्थ्यका समस्याबाट सबैभन्दा बढी प्रभावित छन्। उनीहरूका आवाज सुन्ने, बुझ्ने र आवश्यक सहयोग पुर्याउने वातावरणको खाँचो छ। म विशेष रूपमा महिला र युवतीहरूका लागि मानसिक स्वास्थ्यका Online र Hybrid सहायता प्लेटफर्म स्थापना गर्न चाहन्छु। गोपनीयता, सहज पहुँच र सहानुभूतिको आधारमा काउन्सेलिङ, समर्थन र आत्मबल बढाउने यस्ता कार्यक्रम मेरो पहिलो प्राथमिकता हुनेछन्। यस क्षेत्रमा मेरो प्रयास सदैव रहनेछ — जुन मैले विगतमा पनि गर्दै आएकी छु।
क्यानाडाको मुख्यधारामा नेपाली समुदायको उपस्थिति अझ मजबुत बनाउन Nepalese Heritage Week, Himalayan Mela, Nepal Pavilion, Nepali Mela, Fusion Festival, Heritage Festival लगायतका कार्यक्रमहरूलाई संस्थागत रूपमा सहयोग र प्रवर्द्धन गर्दै नेपाली समुदायको बहुआयामिक संस्कृति, परम्परा, सामाजिक सस्कार र आपसी सद्भावलाई उजागर गर्न विशेष भूमिका खेल्नेछु। Alberta मा रहेका संघ–संस्थाहरूमा मैले पहिले नै सक्रिय सहभागिता जनाउँदै आएको छु, र यही अनुभवलाई सम्पूर्ण क्यानाडामा विस्तार गर्ने मेरो योजना छ। साथै, City Council, Provincial Parliament र Multicultural Boards सँग सहकार्य बढाउँदै नेपाली समुदायको आवाज क्यानाडाको निर्णय प्रक्रियामा अझ स्पष्ट र सशक्त बनाउन प्रयास गर्ने छु ।
नेपालमा प्राकृतिक विपद् आउँदा तत्काल सहयोग पुर्याउन Emergency Response Fund स्थापना गर्नु आजको आवश्यकता हो। विगतमा पनि NRNA क्यानडाले मातृभूमिमा देखिएका संकटहरू—जस्तै कोभिड महामारी, बाढी, पहिरो लगायतका आपतकालीन परिस्थितिमा आर्थिक तथा भौतिक सहायता पुर्याएको उल्लेखनीय इतिहास छ। यस्ता प्रकृतिजन्य प्रकोपहरूमा समयमै राहत पु¥याउने उद्देश्यले अग्रिम तयारी सहितको विशेष आपतकालीन कोषको व्यवस्था गर्नु संस्थागत रूपमा दूरदर्शी निर्णय हुने छ। यसले संकटको समयमा सहकार्य, समन्वय र प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय सुधार ल्याउनेछ।
नेपाल–क्यानाडाबीच Nepal–Canada Diaspora Forum गठन गरी, नीति निर्माण, लगानी, शिक्षा र आपसी सहकार्यलाई प्रवर्द्धन गरिने मेरो योजना छ। यी योजनाहरू केवल सम्भावनामा सीमित रहने छैनन् — मैले गरेको कामले नै यसको प्रमाण दिनेछ।
युवापुस्तालाई Internship, Mentorship र Volunteering जस्ता अवसरहरूमा जोड दिई नेतृत्व विकासतर्फ प्रेरित गरिनेछ, ताकि आगामी पुस्ता अझ सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न सकोस्।NRNA केवल एक संस्था होइन — नेपाली डायस्पोराको आवाज, अधिकार र अवसरको केन्द्र हुनुपर्छ। यसका लागि, मैले आर्थिक स्रोत व्यवस्थापनका स्पष्ट कार्ययोजना तयार पारेकी छु। Ontario Trillium Foundation, Canadian Heritage, ESDC, MCCG जस्ता ग्रान्टहरूमा आवेदन प्रक्रिया सहज बनाउन म विशेष समिति बनाउने छु। स्थानीय सांसद (MP) र प्रान्तीय सांसद (MPP) सँग समन्वय गरी City Budget मा नेपाली कार्यक्रमहरूका लागि स्थायी हिस्सा सुनिश्चित गरिनेछ।
त्यस्तै, Corporate Social Responsibility (CSR) को माध्यमबाट निजी कम्पनीहरूबाट पनि स्रोत संकलन गरिनेछ। म अहिले नै विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली दाजुभाइहरूसँग सम्पर्कमा छु, जो आफ्ना कम्पनीमार्फत सहयोग गर्न इच्छुक हुनुहुन्छ। साथै, fundraising events, online crowdfunding campaigns, cultural shows र voluntary contributions जस्ता उपायहरूलाई पनि मैले व्यवहारमा उतारिसकेकी छु — यी सिद्धान्त होइन, प्रमाणित अभ्यासहरू हुन्।
यसरी, म महिला उपाध्यक्ष पदमा निर्वाचित भएमा, म समुदाय र संस्थाबीचको पुल बन्नेछु — जसले हाम्रो साझा पहिचानलाई सशक्त बनाउनेछ। हरेक अन्त्यमा मेरो प्रयास रहनेछ — “म गर्न सक्छु” भन्ने आत्मविश्वासका साथ। म केवल उम्मेदवार होइन, तपाईंहरूको आवाज, तपाईंहरूको प्रतिनिधि बन्नेछु।
अन्ततः, यो यात्रा मेरो मात्र होइन, हाम्रो सामूहिक भविष्य निर्माणको यात्रा हो। तपाईंहरूको साथ, विश्वास र मतदानको आधारमा — हामीले बनाएको इतिहास अझ गहिरो, समावेशी र अर्थपूर्ण हुनेछ।
हाम्रो चेली, हाम्रो नेतृत्व — तपाईंको मत, तपाईंको विश्वास!
