CanadaKhabar.com

Monday, December 15, 2025 -

गायक अनुप लामिछानेको नयाँ गीत ‘सेन्टिफ्लाट’ सार्वजनिक

क्यानडाखबर डेस्क ।

लामो समय यता क्यानडा बस्दै आएका गायक अनुप लामिछानेले आफ्नो गीत ‘सेन्टिफ्लाट’ सार्वजनिक गरेका छन् । शनिबार गायक स्वयमको युटुब च्यानलबाट पब्लिस गरिएको थियो ।

र्याप बेसमा तयार यो गीतको भिडियो क्यानडाको टोरिन्टो एरियामा तयार गरिएको हो । गीतको रेकडिङ ‘राज रेकडिङमा’ गरिएको हो । भोकल मिक्सिङ उदय पौडेल गरेका हुन् ।

गीतको भिडियो युवराज भुसालले खिछेका हुन् भने गीतको सम्पादन सुशान्त बस्नेतले गरेका हुन् । भिडियोमा उत्सब प्रसाई र सुशान्त बस्नेतले अभिनय गरेका छन् ।

पुरा भिडीयो हेर्न तलको लिङक क्लिक गर्नुहोस् ।