CanadaKhabar.com

Monday, December 15, 2025 -

एनआरएनए क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी

क्यानडाखबर डेस्क ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन ।
आज भएको निर्वाचनमा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो।
अध्यक्ष पदका अर्का उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८ सय ४८ मत, बिद्या भूषण कार्कीले ११ सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए ।

त्यस्तै महासचिवमा सर्मिला रानाभाट बिजयी भएकि छन । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्र्लमा प्रतीक भण्डारी र वेस्टर्नमा बिशाल थापा बिजयी भएका छन ।
त्यस्तै गरी कोषाध्यक्षमा इन्दिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिबमा बिजय लम्साल बिजयी भएका हुन । त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले बिजयी भएका छन । आईसीसी सदस्यमा कमल भट्टराई, बिशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित भएका छन ।

त्यस्तै गरी एट्लान्टिकबाट सुनिल घिमिरे मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी ब्राम्पटनबाट सबै भन्दा बढी मत ल्याएर सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिला तर्फ बिष्णुमाया क्षेत्री लण्डन सिटीबाट बिजय तामाङ र शिव डल्लाकोटी बिजयी भएका हुन ।

एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत बिजयी भएका छन । शनिबार टोरोन्टोमा सम्पन्न साधारण सभाले उनीहरुलाई सर्वसम्मत बिजयी बनाएको हो । सो दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाचै जनालाई सर्वसम्मत बिजयी गराईएको जनाइएको छ । उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पन्डित र युवां संयोजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्बिरोध बिजयी भएका हुन ।

त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट बिनोद गुरुङ, नोभा स्कोसीया/पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरत कुमार शर्मा, किचनर/वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रीटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट बिनोद शर्मा, भ्यानकुवरबाट गोबिन्द क्षेत्री निर्बिरोध बिजयी भएका छन ।

अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिला तर्फ ईश्वरी केसी र सगुन पान्डे, क्यालगरीबाट खुमाराज पान्डे, भिम तिवारी र महिला तर्फ प्रीन्जीया ढुङेल पनि निर्विरोध निर्वाचित भएका छन ।

एनआरएनए क्यानडामा ६ हजार १५ जना मतदाता रहेकोमा ५ हजार १ सय ७९ जनाले आफ्नो मत दान गरेका थिए ।