भारतीय बजारमा टाटा जेस्टले आफ्नो बिक्रीमा होन्डा अमेजलाई उछिनेको छ । २०१४ अक्टोबर र नोभेम्बरमा यी दुई कार बिक्री भएको तथ्याङ्कको आधारमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । पहिलो महिनाभन्दा दोस्रो महिना जितको अन्तर बढी भएको कम्पनीले जनाएको छ । अक्टोबरमा अमेजभन्दा जेस्ट ४२ युनिट मात्र बढी बिक्री भयो भने नोभेम्बरमा ५ सय २५ युनिट बढी भएको जनाइएको छ ।
यो तथ्याङ्कसँगै जेस्टले २०१४ मा भारतको सर्वाधिक बिक्री हुने सब कम्प्याक्ट हुण्डाईको सेडान एक्सेन्टसँगको दूरी समेत कम गरेको छ । यो अवधिमा हुण्डाई एक्सेन्ट जेस्टभन्दा ६४ य्ुनिटले मात्र अघि रहेको छ । टाटा मोटर्सले सो अवधिमा ३ हजार ८ सय ३५ युनिट जेस्ट बिक्री गरी आफ्नो वृद्धि ९ प्रतिशत गर्न सफल भयो भने होन्डाको इन्ट्री लेभल सेडान ३ हजार ३ सय १० युनिट मात्र बिक्री भई ५ प्रतिशतले गिरावट आउन पुग्यो ।