साहित्य सिर्जना

रुने लत पर्‍यो मलाई

By canadakhabar

May 01, 2016

रुनु राम्रो कुरा त होइन तर म त धेरै धेरै रुन्छु परिवार, साथी-भाइ सम्झी रहेको हुन्छु सुखमै र सम्म्पन्नतामै पनि म त रॊइरहेको हुन्छु

Christmas  र Halloween  ले मेरो दशैं तिहार बढारेर लग्छ म त Christmas कै झिलिमिलीलाइ तिहार सम्झेको हुन्छु Halloween मा Candy दिंदै भैलिनिको रमाइलो लिन्छु मैले मेरा खुशी र संस्कृति सगै अंगाल्न सकिन भन्ने सोचमा हुन्छु तेस्सैलेत सबै सगै हुँदा हुँदै र सबै थोक पाएर पनि म कति कति रुन्छु

Mother’s Day मा आमा र Father’s Day मा बाबा संधैभन्दा धेरै सम्झेको हुन्छु फोन गर्छु सबै सन्चै हुनुहुन्छरे अनि सबै ठिकै छन् भन्ने सुन्छु हे भगवान कसैलाई केहि नहोस बारम्बार भगवान सग येही भन्छु चाडै आउछु चाडै आउछु पनि त कति भन्नु अचेल म तॆइ ग्लानीमा रुन्छु

अब साएद येही देश मेरो हुने छ अमेरिकामै मैले मेरो नेपाल खोज्नु छ मनबाट American त म कहिले हुननसकुला तर म नेपाली पनि आदा-अधुरै हुने भए भन्ने सोचमा हुन्छु लौ अब अमेरिका मेरो नेपाल त भयो तर कठै मेरो नेपाल कहिले अमेरिका बन्ला म तेही सोचमा रुन्छु

रुनु राम्रो कुरा त होइन तर म त धेरै धेरै रुन्छु परिवार, साथी-भाइ सम्झी रहेको हुन्छु सुखमै र सम्म्पन्नतामै पनि म त रॊइरहेको हुन्छु