पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने विचार व्यक्त गरेका छन् ।
आज पर्साकाे वीरगञ्जमा अायाेजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता यादवले प्रान्तको निर्धारण भई सङ्घीय कानुनअनुरुप स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
उनले नेपालको राष्ट्रिय हितका आधारमा दुवै मित्र राष्ट्रसँग समान राजनीतिक कूटनीतिक व्यवहार गर्नुपर्नेमा सरकार चुकेको र यसले मुलुकलाई ठूलो नोक्सान हुने स्थिति सिर्जना गरेको आरोप लगाए ।
विगतमा ३६ पटक वार्तामा बस्दा समेत विषय प्रवेश समेत गर्न नसकेको सरकारसँग वार्ताको कुनै औचित्य नै नभएको उनले बताए ।