एक माना बीउ रोप्दा एक मुरी धान फल्ने खेतमा धमाधम अलैंचीका बिरुवा ल्याएर रोप्दा ताप्लेजुङ थुकिक्माका कृषक बुद्धिमान तामाङ गाँउभरि हाँसोको पात्र बने । बुद्धि बिगारेर धान फल्ने खेतमा अलैंची लगायो भन्दै गाउँलेले कुरा काट्दा उनलाई आफ्नो मेहनत खेर जाने पो हो कि भनेर रातमा निद्रा पर्दैनथ्यो । तर, १० हजार रुपैयाँको धान फल्ने खेतबाट बुद्धिमानले लाखौंको अलैंची बेच्न थालेपछि तिनै गाउँलेले समयमै कुरोको चुरो बुझेर अलैंची लगाउने बुद्धिमान साँच्चिकै बुद्धिमान रहेछन् भन्न थालेका छन् । Source: http://www.annapurnapost.com/news/54847