समाचार

लम्किदै जन संम्पर्क समिती क्यानाडा

By canadakhabar

April 30, 2017

क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा । जन संम्पर्क समिती क्यानाडाले पत्रकार सम्मेलन नै गरेर आफ्ना निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगत ४ वर्ष देखी क्यानाडामा निरन्तर सकृय रहंदै आएको यो  समिती नेपाली कांग्रेसको प्रवासी संस्था हो । यसले क्यानाडामा रहेका संघ-संस्थाहरु सग सहकार्य गर्दै विभिन्न काम गर्दै आईरहेको छ ।

क्यानाडामा सकृय नेपाली संस्थाका प्रतिनिधीहरुलाई साक्षि राख्दै पत्रकारविच आफ्ना विगत र भविष्य समिक्षा गर्ने जमर्को संस्थाले गरेको छ । नेपालमा भएका प्राकृतिक प्रकोप – बाढी पीडित, अग्नी पीडित, भुकम्प पीडितलाई क्यानाडाबाट विभिन्न चरणमा आर्थिक सहयोग गरेको र आवश्यकता पर्दा आफ्नो मुलुकका लागि सबैखाले सहयोग गर्न तयार रहेको कुरा कार्यक्रममा प्रकाश पारीयो ।

नेपाल सरकार र क्यानेडियन सरकार विच प्रगाढ सम्बन्ध विस्तार गर्न दुवै सरकारविच पूलको भूमिका निर्वाह गर्न आफूहरुले लागिपरेको जनसंपर्क समिती क्यानाडाका महामन्त्री दिपक भट्टराईको जिकिर छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोसंग आफूहरु भेट गर्न जाने तयारी पुरा भएको जानकारी उनले दिए । क्यानाडामा रहेका नेपाली समुदायहरुसंग समन्वय गर्दै आफ्ना सामाजिक गतीविधी अगाडि बढाएको सभापति बुद्दी प्रकाश वलीले बताए । ‘समाजका लागि सकेको गरौं भन्ने उत्प्रेरणा हामी लागि परेका हौ । कुनै पुर्वाग्रह बिना निस्वार्थ काम गरेका छौं’- उनले भने ।

पत्रकार सम्मेनमा एनआरएन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटा, एनआरएन क्यानाडाका संस्थापक सदस्य,एनसीएनसीका पुर्व अध्यक्ष गोपी काफ्ले,एनआरएन क्यानाडा प्रवक्ता किस्मत भण्डारी, एनआरएन क्यानाडा महिला विभाग संयोजक प्रमिला बस्नेत, एनआरएन क्यानाडा यूवा तथा खेलकूद संयोजक तुला भट्टचन जनजाती संघ क्यानाडाका अध्यक्ष गीरी बुढाथोकी, ललिगुरांस क्लबका अध्यक्ष उत्तम केसी,खेलाडी आनन्द पुन, यादव सापकोटा लगायतले जनसंपर्क समिती क्यानाडाले गरेका कामहरुको प्रशशां गर्दै यसलाई जारी राख्न आग्रह गरे भने अन्य सहभागी आफ्ना जिज्ञासा पोखे ।

नेपाली नयाँं वर्ष २०७४ को अवसर पारेर क्यानेडियन प्रधानमन्त्री जस्टिन टुडोले पठाएको शुभकामना पत्र पनि सम्मेलन मार्फत सार्वजनिक गरियो । निकै ढिला भएपनी जनसंम्पर्क समितीले गरेको यो महत्वपूर्ण पहल सरानिय छ । प्रधानमन्त्री टुडोबाट जारी शुभकामना पत्र यस्तो छ :

Save