कला / मनोरञ्जन

नायिका तथा निर्देशक झरना थापा क्यालगरीमा आउँदै

By canadakhabar

March 19, 2018

१७ मार्च, क्यानाडाखबर.कम क्यालगरी व्युरो । क्यालगरीमा मार्च २५ तारिख आइतवार नेपाली कथानक चलचित्र “ए मेरो हजुर २” प्रदर्शन हुने भएको छ । वेस्टर्न क्यानाडा रिजनल नेपाली स्पोर्टस एण्ड कल्चर इभेन्टको आर्थिक सहयोगार्थ क्यालगरीमा कार्यरत नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको चर्चित प्रर्दशनमा नायिका तथा चलचित्र निर्देशक झरना थापाको उपश्थिती रहने जनाइएको छ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा सुनिल कुमार थापा द्धारा निर्मित “ए मेरो हजुर २” क्यालगरी कार्यरत नेपाली संघसंस्थाहरु, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी, क्यालगरी नेप्लिज कम्युनिटी एशोसिएसन, डाँफे स्पोर्टस क्लव लगायतको संयुक्त आयोजनामा क्यालगरी डाउनटाउन स्थित ग्लोव सिनेमा हलमा (६१७ ८ एभिन्यु साउथवेस्ट) प्रदर्शन हुन लागेको आयोजक संस्थाले जनाएको छ । मार्च २५ तारिख स्थानिय समय अनुसार दिउँसो १.४५ बजे देखि शुरु हुने चलचित्र हेर्नका लागि सर्वसाधरणलाई क्यानेडियन १५ डलरका टिकटहरु बजारमा उपलव्ध गराईएको जनाइएको छ । झरना थापाद्धारा निर्देशित चलचित्रमा नव नायक शलिनमान बानिया नायिका सामाग्री राज्य लक्ष्मी शाह, झरना थापा लगायतको मुख्य भुमिका रहेको छ । नेपाली भाषा, कला र संस्कृतिप्रेमी सम्पुर्णलाई उपश्थित हुनका लागि आयोजक संस्थाले अनुरोध गरेको छ । चलचित्रबाट संकलित रकम आउँदो जुन ३१ देखि जुलाई २ सम्म क्यालगरीमा आयोजना हुन लागेको पश्चिम क्यानाडामा बसोबास गर्ने नेपालीहरु बीच प्रतिश्पर्धा हुने मैत्रीपुर्ण खेलकुद तथा सांस्कृतिक कार्यक्रममा खर्च गरिने छ ।